सेतीको खोंच चाडै पर्यटकीय स्थल

पोखराको मुख्य बजारमा भासिएको सेती नदीले धेरैलाई तान्छ । सेतीको खोंच र आसपासका धाँजामा बेला बेलामा मानिसको ज्यानै जाने गरेको छ । जोखिमपूर्ण र रहस्यपूर्ण सेती खोंच अब पर्यटकलाई देखाइने भएको छ । सेतीखोच छेउ छेउमा फुटट्याक, केही ठाउँमा ठ्याम बनाएर कृत्रिमताल, बीचबीचमा रेस्टुरेन्ट लगायतका संरचना बन्ने भएका छन् ।

पोखरा महानगरले ठूला ३ परियोजना सार्वजनिक निजी साझेदारी(पिपिपी)मा अघि बढाउने निर्णय गरेको छ । महानगरका मेयर मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले शुक्रबारको कार्यपालिका बैठकले पोखरा १७ को डेभिजफलमा सिसाको पुल, पोखरा १८ सराङकोटमा पार्क र सेती गर्जेज परियोजना पिपिपी मोडेलमा अघि बढाउने निर्णय गरेको हो ।

कार्यपालिका बैठकले ३ वटा परियोजनाअघि बढाउन सैद्धान्तिक सहमति दिएको छ । सिसाको पुल, वडा नम्बर १८ सराङकोटको पार्क र सेती गर्जेज परियोजना बनेपछि यस क्षेत्रमा थप पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।