नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी श्रीमति सीता दाहाल हरिद्वारस्थित पतन्जली योगपिठमा आयुर्वेदिक उपचार गराइरहेको उनको परिवारले जनाएको छ।
सो योगपिठमा उपचारका क्रममा सीता दाहालसँग बाबा रामदेव र आचार्य बालकृष्णसँगै रहेको उनकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्।
पार्किन्सन्स पीडित सीताको स्वास्थ्यमा सुधार नभएपछि उनलाई आयुर्वेदिक उपचार थालिएको हो । प्रचण्डले उनलाई उपचारका लागि अमेरिका, सिंगापुर, युएईलगायत म्याग्दीको तातोपानीमा समेत लगिसकेका छन्।






