बालबालिकाको अपहरण गरी फिरौती माग्ने पक्राउ

काठमाडौंबाट तीन बच्चालाई अपहरण गरेर ३ लाख फिरौती मागेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा–१० घर भइ काठमाडौं बस्दै आएका विनोद थापा मगर र एक जना होटल सञ्चालक छन् ।बुधबार साँझ महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार २९ मंसिरमा आमा पोखरा आएको वेला सामाखुशीबाट तीन जना बच्चा अपहरित भएका थिए ।अपहरण गरेर टोखा–९, शान्ति टोलस्थित होटल ब्लू स्टारको कोठा नं. ४०४ मा लगेर बन्धक बनाइएको थियो ।

प्रहरीले बन्धक बनाएर राखेको होटल सञ्चालकलाई पनि लापरबाही गरेको आरोपमा पक्राउ गरेर अनुसन्धान गरिरहेका छ ।