ताजा समाचार

मंसिर २७ गते २०७६

विपद् प्राधिकरणको पहिलो कार्यकारी प्रमुखमा ई. पोखरेल

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदमा ई. अनिल पोखरेल नियुक्त भएका छन् ।

बिहीबारको मन्त्री परिषद् बैठकले उनलाई प्राधिकरणको पहिलो कार्यकारी प्रमुखमा नियुक्त गरेको हो । उनी विराटनगर-२, मोरङ निवासी हुन् ।

कार्यकारी प्रमुखको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले अनिल पोखरेल, डा. प्रेमबहादुर थापा र विष्णुप्रसाद खरेलको नाम कार्यकारी प्रमुख पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

यिनै व्यक्तिमध्येबाट मन्त्री परिषद् बैठकले पोखरेललाई नियुक्त गरेकोे हो । उनले एशियन डेभलपमेन्ट बैंक तथा वल्ड बैंकको विपद् व्यवस्थापन तथा न्युनिकरण विज्ञको रुपमा काम गरिसकेका छन् ।