ताजा समाचार

मंसिर २७ गते २०७६

नेकपाको सचिवालय बैठक भोली बस्ने

आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक २८ गतेका लागि सरेको छ ।

उपनिर्वाचनको समीक्षा, आगामी स्थायी कमिटी बैठकको कार्यसूची तथा बाँकी रहेका एकीकरणका काम लगायतको कार्यसूचीमा छलफल गर्न बैठक भोली बस्ने भएको हो ।

मंसिर १४ गते उपनिर्वाचन भएका ठाउँबाट समीक्षात्मक प्रतिवेदन बुझाउन मंसिर १८ गते बसेको सचिवालयको बैठकले निर्देशन दिएको थियो। सबैको प्रतिवेदन समयमै नआएको भन्दै मंसिर २३ गते बसेको सचिवालयको बैठकले पुनः निर्देशन दिएको थियो । त्यसपछि प्राप्त भएका प्रतिवेदनमाथि भोलि बस्ने सचिवालय बैठकमा छलफल हुनेछ ।

सचिवालय बैठकमा मंसिर २९ गते सुरु हुने स्थायी कमिटीको बैठकका एजेन्डाहरूको विषयमा पनि छलफल हुने महासचिव विष्णु पौडेलले जानकारी दिएका छन् ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले सचिवालय बैठक र स्थायी समितिमा पेस गर्ने राजनीतिक प्रतिवेदन लेखनमा लागेका कारण सचिवालय बैठक सारिएको प्रचण्डको सचिवालयले जनाएको छ ।