सिन्धुपाल्चोकमा बस दुर्घटना ,१३ को मृत्यु १८ घाइते

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १८ जना घाइते छन् ।

दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा दुर्घटना भएको हो ।

भक्तपुरबाट बस रिजर्भ गरेर गएका उनीहरु कालिञ्चोक तीर्थयात्रा सकेर फर्कदै गर्दा दुर्घटनामा परेका हुन् । दुर्घटनाका घाइतेमध्ये १२ जनाको सिन्धु सदाबहार अस्पताल खाडिचौर र गम्भीर घाइते भएका ६ जनालाई हेम्स अस्पताल काठमाडौंमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने खुलिसकेको छैन ।