मुख्य समाचार

नेपालमाथि फेरि अर्को ‘नाकाबन्दी’ !

आतंकवादी क्रियाकलापबाट आर्जित आम्दानीउपर सूक्ष्म निगरानी राख्दै आर्थिक बृद्धिदर, कर प्रणाली र आर्थिक अनुशासनको अध्ययन, अनुगमन र विश्लेषणका आधारमा बाहिरका विज्ञले गर्ने ठहर कति शक्तिशाली हुन्छ भने देश नै कालोसूचीमा पर्न पनि सक्छ । यदी त्यसो भयो भने, नेपालीले संसारभर छिर्नबाट बञ्चित हुनुपर्नेदेखि सबैजसो कारोबार अवैध मानिने खतरा सन्निकट छ । यस्तो अध्ययन गर्ने टोली अर्को अक्टोबरमा आउँदैछ । टोलीले आफ्नो त परै जाओस्, सीमा गाँसिएका देशको पनि अध्ययन गर्न… पुरा पढौ

अख्तियारका पूर्व सहायक प्रवक्ता रिजाल पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका निवर्तमान प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको छ । रिजाल अख्तियारक पूर्व सहायक प्रवक्तासमेत हुन् । आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका आरोपितसँग घुस लिएको आरोपमा मंगलबार उनलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । पुरा पढौ

सर्वोच्चको आदेशपछि एनसेलले बुझायो लाभकर

टेलिकम्पनी एनसेलले निर्धारित पुँजीगत लाभकरमध्ये ४ अर्व ५० करोड रूपैयाँ तिरेको छ। ठूला करदाता कार्यालयले एनसेललाई १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा पत्राचार गरेपछि ४ अर्व ५० करोड रूपैयाँ बुझाएको हो।कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरेको छ । बाँकी रकम एनसेलले किस्ताबन्दीमा यसै आर्थिक बर्ष भित्र बुझाउने जनाएको छ । पुरा पढौ

मधेशमा फेरि ठूलो आन्दोलन गर्छौ : अध्यक्ष यादव

समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशमा पुनः ठूलो आन्दोलन हुने बताएका छन् । युवा संघ महोत्तरीको जिल्ला सम्मेलनलाई आज जलेश्वरमा सम्बोधन गर्दै उनले वर्तमान सरकार आफ्नो पार्टीसँग गरेको सम्झौतामा धोका दिएको तथा मधेश र मधेशीको हकअधिकार दिन आनाकानी गरेको हुँदा आफ्नो हक र अधिकार प्राप्तिका लागि मधेशमा पुनः ठूलो आन्दोलन गर्ने बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले संविधान संशोधन गरेर जबसम्म मधेश र मधेशीलाई बराबरीको हक दिँदैन,… पुरा पढौ

नेकपा अध्यक्ष प्रचण्ड बालुवाटारमा

सभामुख उम्मेदवार कसलाई बनाउने भन्नेबारे छलफल गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सभामुख चयनका लागि प्रतिनिधिसभाले आजबाट प्रक्रिया सुरु गर्न लागिरहेका बेला प्रचण्ड यसबारे छलफल गर्न बालुवाटार पुगेका हुन् । आइतबार नेकपाको सचिवालय बैठक बसे पनि सभामुखको एजेण्डामा छलफल नगरी प्रचण्ड चितवन गएपछि यसबारे निर्णय हुन सकेको छैन । नेताहरूले दुई अध्यक्षबीच पहिले छलफल भएर एउटै नाम सचिवालय बैठकमा पेस गर्न… पुरा पढौ

तमु ल्होछारमा प्रधानमन्त्री ओलीले दिए शुभकामना

रूङ समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछार आज मनाइँदै छ।  पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होछार पर्व धुमधामसित मनाइन्छ। ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होछार’ भनिएको गुरुङ समुदायको विश्वास छ। ‘तमु ल्होछार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५… पुरा पढौ

३ वर्षीया बालिका आफ्नै बाबुबाट….

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । सोमबार अपरान्ह घरमा कोही नभएको मौका छोपी स्थानीयवासी इन्द्र चुनाराले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अभियुक्त चुनारा पक्राउ परिसकेको बताउँदै घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको जानकारी दिए ।  सालघारीका स्थानीय महिलाका अनुसार अभियुक्त इन्द्रले करिब तीन महिनाअघि हत्या गरिएकी बालिकाकी आमालाई डडेल्धुराको जोगबुढाबाट भित्र्याएका… पुरा पढौ

कहाँ अड्कियो बालुवाटारको जग्गा फिर्ता प्रक्रिया ?

बालुवाटारको जग्गा सरकारको स्वामित्वमा ल्याउन भूमि व्यवस्था मन्त्रालयले तयार गरेको प्रस्ताव अझै मन्त्रिपरिषद्मा पुगेको छैन । भूमि व्यवस्था मन्त्रालय स्रोतका अनुसार उक्त प्रस्ताव हाल महान्यायाधिवक्ताको कार्यालय पुगेको छ । महान्यायाधिवक्ता अग्नि खरेलले सो प्रस्ताव अघि बढाएका छैनन् । उक्त प्रस्ताव हाल खरलेको टेबुलमा थन्किएको छ । २ महिना अघि उक्त प्रस्ताव महान्यायाधिवक्ताको कार्यालयमा पुगेको हो । मन्त्रालय स्रोतका अनुसार महान्यायधिवक्ता कार्यालयसँग कानुनी सल्लाह लिन भनी सो प्रस्तावलाई महान्यायधिवक्ताको कार्यालयमा पठाइएको… पुरा पढौ

देशभर दिपावली गर्न आह्वान

पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षको शुभारम्भको दिन सरकारले सबैलाई देशभरि दिपावली गरेर स्वागत गर्न आह्वान गरेको भन्दै सबै सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, विदेशस्थित कूटनीतिक नियोगका कार्यालयमा दिपावली गर्न आग्रह गरेका छन् । उनले भने, “त्यो दिपावली, त्यो उज्यालोले हाम्रो नयाँ यात्राको सङ्केत गर्नेछ । अबको हाम्रो यात्रा उज्यालै उज्यालोतिरउन्मुख छ भन्ने सन्देश दिनेछ । म तपाइँमार्फत आम जनसमुदायलाई अपिल गर्न चाहान्छु, सबैले दिपावली गरौँ र दुनियाँलाई भनौँ, ‘अबको… पुरा पढौ

सात दिनभित्र रमाना नहुने कर्मचारी ठाडै कारबाहीमा

सरकारले प्रदेश र स्थानीय तहमा नजाने कर्मचारीलाई कारबाही गर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय र आयोगमा पत्राचार गरी प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारीलाई सोही ठाउँमा पठाउन आग्रह गरेको हो । उक्त पत्रमा कर्मचारी समायोजन ऐन–२०७५ अनुसार विभिन्न मिति र निर्णयअनुरुप प्रदेश तथा स्थानीय तहमा समायोजन भई हाल संघमै कार्यरत कर्मचारीहरुलाई सात दिनभित्र रमाना हुन र रमाना भएमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं