मुख्य समाचार

नेपाली कांग्रेसमा विभाजनको झल्को

काँग्रेसमा संस्थापन इतर पक्षको उपस्थिति बिना पार्टी केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बिहीबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा इतर पक्षको उपस्थिति नहुने देखिएको हो । बुधबार साँझ बसेको पदाधिकारी बैठकमा पनि पौडेल सहभागी भएको थिएन ।  बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी चयनको विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  सत्तारुढ नेकपाका ८, काँग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित… पुरा पढौ

१० रुपैयाँमै बासमती चामलको भात !

विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई रु १० मा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो ।  शुरुमा काली मन्दिर अगाडिबाट शुरु गरिएको सो अभियानमा मानिसको चाप बढ्न थालेपछि जैन भवनको अगाडि खाना खुवाउने कार्य भइरहेको धाडेवालले बताए । बासमती चामलको भात र झोल भएको तरकारी खानामा राख्ने गरिएको… पुरा पढौ

पोखरा जेसीसको अध्यक्षमा शिव, लेडी जेसीसमा शोभा

पोखरा जेसीसको अध्यक्ष पदमा शिवप्रसाद सापकोटा निर्वाचित भएका छन् । उनी वर्ष २०२० का लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । साथै पोखरा लडी जेसीस २०२० का लागि अध्यक्ष पदमा शोभा भुजेल निर्वाचित भएकी छन् । पोखरा जेसीसको कानूनी सल्लाहकारमा गणेश गिरी, कार्यकारी उपाध्यक्षमा मीनराज खड्का, महासचिवमा अनन्त प्रधानांग, कोषाध्यक्षमा प्रकाश घिमिरे, सचिवमा सन्देश पराजुली, सहकोषाध्यक्षमा शंकर कंडेल चयन भएका छन् । यसैगरी ४ उपाध्यक्षमा कमलराज पराजुली, सूर्यबहादुर केसी, श्रीकृष्ण… पुरा पढौ

लाइसेन्स पाउन अझै ६ महिना कुुर्नुपर्ने !

ठूला तथा साना सवारी चलाउनका लागि आवश्यक पर्ने लाइसेन्स पाउन अझै ६ महिना कुर्नुपर्ने भएको छ । लाइसेन्स छपाइमा ढिलाइ हुँदा लामो समयदेखि सवारी सञ्चालकले कागजी रसिदको भरमा सवारी चलाउन बाध्य हुँदै आएका छन् ।  सरकारले स्मार्ट लाइसेन्स छपाइमा चासो नदिँदा लाइसेन्सका लागि आवेदन दिएका आवेदकले अझै ६ महिनासम्म कुर्नुपर्ने भएको हो । यातायात व्यवस्था विभागमा स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने ठूलो क्षमताको मेसिन ल्याएको तीन महिनापछि सञ्चालनमा ल्याइएको छ ।… पुरा पढौ

पोखराको चाउथेमा कहालिलाग्दो दुर्घटना, सरोज र रोशनको मृत्यु

पोखरामा बुधबार बिहान भएको कहालिलाग्दो सडक दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१४, चाउथेमा बिहान बस, जीप र मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा जीप चालक पोखरा–२९ बस्ने ३६ वर्षीय सरोज लामा र मोटरसाइकल चालक तनहुँ थप्रेक घर भई हाल पोखरा चाउथे बस्ने १९ वर्षीय रोशन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते… पुरा पढौ

वडाध्यक्षको निधन

झापाको बिर्तामोड नगरपालिका–७ का वडाध्यक्ष गङ्गाबहादुर भट्टराईको निधन भएको छ । दुई वर्षअघिदेखि क्यान्सर रोगबाट पीडित ६३ वर्षीय भट्टराईको मङ्गलबार साँझ विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । उनकोको आजै देउनिया खोलामा दाहसंस्कार गरिएको छ । पुरा पढौ

नयाँ वर्षको पहिलो दिनमा नेपालमा मात्र १५६७ बच्चाको जन्म !

अंग्रेजी नयाँ वर्षको पहिलो दिनमा जनवरी १ तारिकका दिन नेपालभर १ हजार ५ सय ६७ शिशु जन्मिने अनुमान गरिएको छ । नेपाली नयाँ शिशुहरुको हिस्सा संसारभर नयाँ वर्षको दिनमा जन्मिने अनुमानित ३ लाख ९२ हजार ७८ शिशुको तुलनामा ०.४ प्रतिशत हुनेछ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) नेपालले यस्तो अनुमानित आँकडा प्रक्षेपण गरेको हो । नयाँ वर्ष र नयाँ दशकको शुरुआतमा आफ्नो भविष्यका लागि हाम्रा आशा र आकाङ्क्षाबारे सोच्ने मात्र नभई… पुरा पढौ

एक रुपैयाँमै पर्यटकलाई गाँस र बास !

नेपाल भ्रमण वर्षको प्रचार गर्न र यसलाई सफल बनाउन इलाममा सञ्चालित होटल एशोसिएसनले एक रुपैयाँमा पर्यटकलाई बास बसाएको छ । एशोसिएसनको सहकार्यमा जिल्ला सदरमुकाममा सञ्चालित पाँच वटा होटलले एक रुपैयाँमा पर्यटकलाई बास बसाएका हुन् । सन् २०१९ को अन्तिम दिन मङ्गलबार होटल ‘बुक’ गर्न पुगेका पहिलो ९सेवाग्राही० पर्यटकलाई एक रुपैयाँमा बास बसाउनुका साथै सोही रकममा दुई छाक खानाको व्यवस्था गरिएको हो । विदेशी पर्यटकले आफ्नो देशमा फर्किएपछि नेपाल भ्रमण वर्ष… पुरा पढौ

ढाकाटोपी र रुद्राक्षको मालाले पर्यटकलाई सम्मान

झापाको पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरेर नेपाल भ्रमण वर्ष २०२० को बुधबार बिहान उद्घाटन गरिएको छ । नाकाबाट नेपाल प्रवेश गर्ने पहिलो पाहुना भारतीय नागरिक प्रिंयका मल्लिक, पिंकी मजुमदार, मामुनी मल्लिक, श्वेता खड्कालगायतलाई ढाकाटोपी र रुद्राक्षको माला लगाएर कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद राम कार्की, प्रदेश सभा सदस्यद्वय श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकी, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यलगायतले सम्मान गरेका थिए। मेचीनगर पर्यटन समितिको… पुरा पढौ

७७ डिएसपीहरूको सरुवा (को कहाँ पुगे ?)

प्रहरी प्रधान कार्यालयले मंगलबार ७७ जना प्रहरी नायव उपरीक्षक डिएसपीको सरुवा गरेको छ । सरुवामा डीएसपीका लागि काठमाडौं उपत्यकापछि अति आकर्षक मानिने रसुवामा इन्द्रप्रसाद सुवेदीले जिम्मेवारी पाएका छन् ।  इन्चार्ज पाउने डीएसपीहरुमा किरणजङ्ग कुँवर म्याग्दी, रन्जन दाहाल महानगरीय प्रहरी बृत्त दरबारमार्ग, सुनिलजङ्ग शाह महानगरीय प्रहरी बृत्त जनसेवा छन् । त्यस्तै किशोर श्रेष्ठ जिल्ला प्रहरी कार्यालय जाजरकोट, कुलदीप चन्द इलाका प्रहरी कार्यालय कोहलपुर, ठगबहादुर केसी पश्चिम रुकुम, वसन्त पाठक रामेछाप, मुकुन्द… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं