मुख्य समाचार

एआइजी बन्दै आशा

प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डिआइजी) आशा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयको सोमबार बसेको बढुवा समितिले सिंहलाई एआइजीमा बढुवा गर्ने निर्णय गर्दै उक्त पदमा सिफारिस गरेको हो । सिंह नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत रहेकी छिन् । बढुवा समितिले उनलाई कार्यसम्पादन मूल्याँकन गर्दै १०० मा ७४.७२ अंक दिएको छ ।   पुरा पढौ

आज सार्वजनिक बिदा (सरकारको सूचनासहित)

गण्डकी प्रदेश सरकारले तमु ल्होसारको दिन आज सार्वजनिक विदा दिने भएको छ । गत बुधबार बसेको मन्त्रीपरिषद बैठकले तमु ल्होसारको दिन आज पुष १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गत शुक्रबार प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सो जानकारी दिए । २४ लाख जनसंख्या रहेको गण्डकी प्रदेशमा ८.४ प्रतिशत गुरुङ छन् । सरकारले गुरुङ समुदायको ठूलो पर्व तमु… पुरा पढौ

‘सभामुख तुम्बाहाम्फेलाई नै बनाउनुपर्छ’

मंसिर १९ र २० गते सातै प्रदेशसभाका सभामुख र उपसभामुख पोखरामा भेला भए । भेलामा राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालसहित ७ वटै प्रदेश सभाका उपसभामुखले छुट्टै अनौपचारिक भलाकुसारी गरे । भलाकुसारीमा प्रतिनिधिसभाको रिक्त सभामुखमा हालका उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउनुपर्ने सबैको साझा धारणा बन्यो । प्रतिनिधी सभाका सभामुख कृष्णबहादुर महरालाई संसद सचिवालयका कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि सभामुख पद रिक्त छ । अहिले सत्तारुढ दल नेकपा सभामुख कसलाई बनाउने भन्ने बारे अनिर्णित… पुरा पढौ

सिद्धबाबालाई तीनलाख धरौटीमा रिहा गर्न आदेश

बलात्कारको आरोपमा पक्राउ परेका कृष्णबहादुर गिरी ‘सिद्धबाबा’लाई तीनलाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका थिए । जिल्ला अदालतका सुनसरीका श्रेस्तेदार नगेन्द्र केशरी पोखरेलले सिद्धबाबालाई धरौटीमा रिहा गर्न आदेश दिएको जानकारी दिए । पुरा पढौ

कस्तो छ प्रधानमन्त्री ओलीको नयाँ निवास ?

प्रधानमन्त्री केपी शर्मा ओली नयाँ घरमा बस्न थालेका छन्। मुख्य सचिवको लागि बनेको आवासमा प्रधानमन्त्री ओली बस्न थालेका हुन्। बलुवाटारस्थित उनी बस्ने घर पुनःनिर्माणको लागि भत्काइँदैछ। प्रधानमन्त्रीले बालुवाटारमा निवासका रुपमा दुईटा घर प्रयोग गर्ने गरेका थिए।  २०३२ सालमा बनेको प्रधानमन्त्री निवास भूकम्पका कारण जीर्ण बनेको थियो। अब उनका लागि बालुटारमा दुई नयाँ घर बनाइने भएको छ।  नयाँ बन्ने घरमा एउटामा प्रधानमन्त्रीको निजी निवास र अर्कोमा सचिवालय हुनेछ।  ३३ करोड ८०… पुरा पढौ

बंगलादेशको संसदीय टोली र अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेको बंगलादेशको संसदीय टोलीले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ । बंगलादेश संसदको दलित र अल्पसंख्यक आदीवासीसँग सरोकार राख्ने समितिका सभापति मनोरञ्जन शिल गोपाल नेतृत्वको टोलीले अध्यक्ष तिमिल्सिनासँग सिंहदरबारस्थित कार्यकक्षमा भेट गरेको हो । नेपालको संसदीय अभ्यास तथा दलित, आदिवासी र अल्पसंख्यकको प्रतिनिधित्व तथा अधिकार बारे अध्ययन गर्ने उद्देश्यले सो प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको हो । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले दलित, आदिवासी तथा अल्पसंख्यक बारे… पुरा पढौ

पूर्वराजा वीरेन्द्रको जन्मदिन आज (छोटो जीवनीसहित)

आज पुस १४ गते, पूर्व राजा स्व. वीरेन्द्र शाहको ७४ औं जन्मदिन । (वि.सं. २००२–२०५८) नेपालका १०औंं शाहवंशीय राजा थिए । उनले वि.सं. २०२८ देखि वि.सं. २०५८ सम्म नेपालको शासन गरेका थिए । उनका ३ जना सन्तान युवराज दीपेन्द्र शाह, अधिराजकुमारी श्रूती शाह तथा अधिराजकुमार निराजन शाहको रूपमा जन्मिएका थिए । वीरेन्द्रका २ भाइ थिए धिरेन्द्र शाह र ज्ञानेन्द्र शाह । धिरेन्द्रको राजदरवार हत्याकाण्डमा मृत्यु भएको थियो । वीरेन्द्रको जन्म… पुरा पढौ

२०१९ का चर्चित १९ विश्व घटना

वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चारमाध्यमहरु ओगटे भने अन्य देशका पनि केही घटनाहरुले स्थान पाए । सन् २०१९ का चर्चित १९ घटनालाई यहाँ छोटकरीमा स्मरण गरिएको छ । १. भेनेजुएलाको पक्ष विपक्षमा विश्व विभाजित  सन् २०१९ को सुरुवात भेनेजुएलाको राजनीतिक संकटबाट सुरु भएको थियो । जनवरीमा २३ मा भेनेजुएलाको… पुरा पढौ

सई, असई र हवल्दारको सरुवा

 नेपाल प्रहरीभित्र ठूलो संख्यामा प्रहरी नायव निरिक्षक (सई), प्रहरी सहायक निरीक्षक (असई) र हवल्दारको सरुवा भएको छ । आइतबार एक विज्ञप्ति जारी गरी प्रहरी प्रधान कार्यालयले सई, असई र हवल्दारहरु गरी २६ सय जनाको सरुवा गरेको हो । सो कार्यालयले ६८९ सई, ८७२ असई र १०५८ जना हवल्दारको सरुवा गरेको जनाएको छ ।  सई, असई र हवल्दार गरेर २६१९ जनाको देशका विभिन्न स्थानमा सरुवा भएको हो । पुरा पढौ

लाइसेन्सको परीक्षा विधि परिवर्तन गरिने

ठूला सवारीसाधनको लाइसेन्सको परीक्षा विधि परिवर्तन गरिने भएको छ । सार्वजनिक सवारी दुर्घटना बढेपछि लाइसेन्सको परीक्षा प्रणाली परिवर्तन गरी थप व्यावहारिक बनाउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐनमा ठूला सवारीसाधनको लाइसेन्स परीक्षा प्रणाली परिवर्तन गर्न प्रस्ताव गरेको छ । लिखित र प्रयोगात्मक परीक्षालाई अझ व्यावहारिक बनाइने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । विभागले सङ्घीय सवारी तथा यातायात ऐनको मस्यौदा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं