पूर्वराजा वीरेन्द्रको जन्मदिन आज (छोटो जीवनीसहित)

आज पुस १४ गते, पूर्व राजा स्व. वीरेन्द्र शाहको ७४ औं जन्मदिन । (वि.सं. २००२–२०५८) नेपालका १०औंं शाहवंशीय राजा थिए । उनले वि.सं. २०२८ देखि वि.सं. २०५८ सम्म नेपालको शासन गरेका थिए ।

उनका ३ जना सन्तान युवराज दीपेन्द्र शाह, अधिराजकुमारी श्रूती शाह तथा अधिराजकुमार निराजन शाहको रूपमा जन्मिएका थिए । वीरेन्द्रका २ भाइ थिए धिरेन्द्र शाह र ज्ञानेन्द्र शाह । धिरेन्द्रको राजदरवार हत्याकाण्डमा मृत्यु भएको थियो ।

वीरेन्द्रको जन्म वि.सं. २००२ साल पुस १४ (सन् १९४५ डिसेम्बर २८) गते भएको थियो । उनको प्रारम्भिक शिक्षा दरवारमा नै भयो ।

माध्यमिक शिक्षा भारत दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पूरा गरेपछि यिनी बेलायतको इटन कलेजमा पढेका थिए । पछि जापान तथा अमेरिकामा पनि उनले थप अध्ययन गरेका थिए । वीरेन्द्रको विवाह वि.सं. २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो ।

राजा वीरेन्द्रकै समयमा वि.सं. २०३७ सालमा जनमत संग्रह र जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो । पहिलो पटक वि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न जनमत संग्रहको घोषणा गरिएको थियो ।

नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाएका उनको मृत्यु भने रहस्यमय ढंगले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भएको थियो ।

तथापि, विभिन्न राजनीतिक दलहरू र बहुसंख्यक सामाजिक समस्याहरूको बीचमा झन्डाहरू नेपाली गृहयुद्धको नेतृत्वमा, माओवादी विद्रोह र सरकारी शक्तिहरू बीचको विवाद, जुन वि.सं. २०५६ देखि वि.सं. २०५१ सम्मसम्म पुग्यो ।

वि.सं. २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरवारभित्र हत्या गरिएको थियो ।

उक्त घटना अझै रहस्यमै रहेको छ । यो हत्याकाण्डमा युवराज दिपेन्द्रको हात रहेको बताइए पनि अझै जनता मान्न तयार छैनन् । उक्त हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नै नाश भएको थियो ।