सई, असई र हवल्दारको सरुवा

 नेपाल प्रहरीभित्र ठूलो संख्यामा प्रहरी नायव निरिक्षक (सई), प्रहरी सहायक निरीक्षक (असई) र हवल्दारको सरुवा भएको छ ।

आइतबार एक विज्ञप्ति जारी गरी प्रहरी प्रधान कार्यालयले सई, असई र हवल्दारहरु गरी २६ सय जनाको सरुवा गरेको हो ।

सो कार्यालयले ६८९ सई, ८७२ असई र १०५८ जना हवल्दारको सरुवा गरेको जनाएको छ ।  सई, असई र हवल्दार गरेर २६१९ जनाको देशका विभिन्न स्थानमा सरुवा भएको हो ।