वडाध्यक्षको निधन

झापाको बिर्तामोड नगरपालिका–७ का वडाध्यक्ष गङ्गाबहादुर भट्टराईको निधन भएको छ ।

दुई वर्षअघिदेखि क्यान्सर रोगबाट पीडित ६३ वर्षीय भट्टराईको मङ्गलबार साँझ विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । उनकोको आजै देउनिया खोलामा दाहसंस्कार गरिएको छ ।