प्रदेश ३ को राजधानी विवाद : ‘हेटौंडा’ बाट दयाँवायाँ नगर्न ओली-प्रचण्ड-पौडेलको चेतावनी

पोखरामा भूकम्पको धक्का

नेकपाको बैठकमा उम्मेदवार विवाद
राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको चयन बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ४ घण्टासम्म चलेको बैठकले उम्मेदवार छनोटमा विवाद देखिएपछि कुनै निर्णय लिन सकेन । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अर्को बैठक शुक्रबार बिहान साढे ८ बजे बोलाइएको छ । आजको बैठकमा राष्ट्रियसभा उम्मेदवारको चयन गर्ने प्रस्तावमाथि छलफल भए पनि कुनै निर्णय नभएको उनले बताए । राष्ट्रियसभाको उम्मेदवारी मनोनयन…
पुरा पढौ
सिद्धबाबा विरुद्ध फेरि अर्को मुद्धा दायर
सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीबारे जिल्ला अदालतले गरेको निर्णयका विरुद्ध सरकारी वकिलको कार्यालयले विराटनगर उच्च अदालतमा मुद्दा दर्ता गरेको छ । बलात्कार गरेको अभियोग पक्राउ परेका सिद्धबाबालाई गत सोमबार सुनसरी जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले उनलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सो आदेश त्रुटीपूर्ण भएको ठहर गर्दै त्यसको बदरको माग…
पुरा पढौ
मन्त्री योगेश भट्टराईले किन हटाए कर्ण शाक्यलाई ?

उत्कृष्ट काम गरेको भन्दै सर्वेन्द्र खनाल पुरस्कृत
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई सरकारले पुरस्कृत गरेको छ । बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयले महानिरीक्षक खनाललाई पुरस्कृत गरेको हो । मन्त्रालयले बिहीबार खनाललाई १० हजार नगदसहित सम्मानपत्र प्रदान गरेको छ । आर्थिक वर्ष २०७५–०७६ मा नेपाल प्रहरीको बेरुजु ८८.५ प्रतिशत फछ्र्यौट भएको गृहमन्त्रालयले जनाएको छ ।
पुरा पढौ
श्रीमतीसँग कुरा गर्दागर्दै गोली चल्यो, अनि फोन अफ भयो…
नयाँ वर्षको पहिलो दिन मङ्गलबार भारतको जम्मू कश्मीरमा भएको आतङ्कवादी आक्रमणमा परी गोरखा नगरपालिका–७ ठूलोरिपका अर्जुन थापा मगरले ज्यान गुमाए । जम्मु कश्मीरको नौशेरामा मङ्गलबार राति आतङ्कवादी हमलामा अर्जुनको ज्यान गएको खबरले यतिबेला सिङ्गो गाउँ नै शोकमा डुबेको छ । ‘अर्जुनले लाहुरे बन्नकै लागि धेरै दुःख ग¥यो, तर खुसी लामो समय टिकेन,’ अर्जुनका मामा सुजीत थापा भन्छन् । २ वर्षअघि मात्र आमा गुमाएका अर्जुन ११ कक्षा पढ्दापढ्दै भारतीय सेनामा गएका…
पुरा पढौ
विस्तारै बढ्यो तापक्रम, यस्तो छ मौसमको अवस्था
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मौसम बदलीसंगै वर्षा र हिमपातको संभावना रहेको जनाएको छ । महाशाखाले चिसो रही रहने हुनाले सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ । वरिष्ठ मौसमविद् राजु प्रधानांगले देशैभर मौसम बदली भइरहेको बताए । मौसममा बदली बइरहँदा न्यूनतम तापक्रम बढिरहेको उनले बताए । काठमाडौंमा पनि सामान्य बदली भइरहेको छ । बुधबारको काठमाडौंको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस रहेकामा बिहीबार ५ः३० बजे ४.५ डिग्री सेल्सियस रहेको…
पुरा पढौ
‘कालापानी नेपालकै हो’
भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले कालापानी नेपालको भूभाग भएको बताउँदै भारतसँग वार्ता गर्न चाहेको बताएका छन् । द्विपक्षीय सम्बन्धमा दरार पैदा गर्नबाट जोगाउन यस समस्यालाई चाँडै सम्बोधन गर्नुपर्नेसमेत उनले बताए । सीमाका मुद्दालाई समाधान गर्न काठमाडौंले नयाँ दिल्लीलाई दबाब दिइरहेका बेला मंगलबार टाइम्स अफ इन्डियासँग बोल्दै राजदूत आचार्यले कालापानीको मुद्दालाई परराष्ट्र सचिवस्तरीय संयन्त्रबाट समाधान गर्नुपर्ने बताए । उनले भने, " नेपाल-भारत सीमा विवाद समाधानका लागि सचिवस्तरीय संयन्त्र छ ।…
पुरा पढौ
विप्लव समूह शान्ति प्रक्रियामा आउँदै !








