पोखरामा भूकम्पको धक्का

पोखरामा भूकम्प गएको छ । बिहीबार राति ठीक १० बजे भूकम्पको धक्का महसूस भएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार कास्कीको घाचोकलाई केन्द्रविन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

सुत्ने तरखरमा रहेका पोखरेलीहरू भूकम्प भएसंगै उठेका छन् । केही पोखरेली सडकमा समेत आएका छन् ।

करिब ५ सेकेण्ड लामो भूकम्प यो नयाँ भूकम्प नभई २०७२ साल बैशाख १२ गते गएको भूकम्पकै पराकम्पन हुन सक्ने बताएको छ ।