विस्तारै बढ्यो तापक्रम, यस्तो छ मौसमको अवस्था

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मौसम बदलीसंगै वर्षा र हिमपातको संभावना रहेको जनाएको छ । महाशाखाले चिसो रही रहने हुनाले सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ । 

वरिष्ठ मौसमविद् राजु प्रधानांगले देशैभर मौसम बदली भइरहेको बताए । मौसममा बदली बइरहँदा न्यूनतम तापक्रम बढिरहेको उनले बताए । 

काठमाडौंमा पनि सामान्य बदली भइरहेको छ । बुधबारको काठमाडौंको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस रहेकामा बिहीबार ५ः३० बजे ४.५ डिग्री सेल्सियस रहेको थियो । 

प्रधानांगले पश्चिम न्यून चापिय प्रभाव रहेको र यो शनिबारसम्म रहने बताए । बिहीबार हिमाली र उच्च पहाडी भेकमा हिमपातको सम्भावना, पश्चिम र तराईका भेकमा वर्षाको सम्भावना रहेको छ । 

पश्चिमी वायुको प्रभावले हुस्सू र कुहिरो तराईबाट हटेर जाने प्रधानांगले जनाएका छन् । उनले भने, ‘केही दिनपछि यो प्रभाव कमजोर भएर जानेछ । शनिबारसम्म प्रभाव रहने छ ।’