‘कालापानी नेपालकै हो’

Image result for कालापानी"

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले कालापानी नेपालको भूभाग भएको बताउँदै भारतसँग वार्ता गर्न चाहेको बताएका छन् । द्विपक्षीय सम्बन्धमा दरार पैदा गर्नबाट जोगाउन यस समस्यालाई चाँडै सम्बोधन गर्नुपर्नेसमेत उनले बताए । 

सीमाका मुद्दालाई समाधान गर्न काठमाडौंले नयाँ दिल्लीलाई दबाब दिइरहेका बेला मंगलबार टाइम्स अफ इन्डियासँग बोल्दै राजदूत आचार्यले कालापानीको मुद्दालाई परराष्ट्र सचिवस्तरीय संयन्त्रबाट समाधान गर्नुपर्ने बताए ।

उनले भने, ” नेपाल-भारत सीमा विवाद समाधानका लागि सचिवस्तरीय संयन्त्र छ । यस संयन्त्रमार्फत कालापानीको मुद्दालाई पनि चाँडो समाधान गर्नुपर्दछ ।” सुगौली सन्धीअनुसार पनि कालापानी नेपाली भूभाग नै भएकोसमेत राजदूत आचार्यले बताएका छन् । 

“हामीलाई थाहा छ कि भारत वार्ताको विरुद्धमा छैन तर, नेपालले यस समस्यालाई समाधानका लागि चाँडो वार्ता गर्न चाहेको छ,” उनल थपे, “कालापानीको मुद्दालाई नेपालले सानो रुपमा हेरेको छैन । यदि यो समस्या समाधानले आगामी दिनमा दुई देशबीचको सम्बन्धबीच विश्वासको वातावरण निर्माण गर्न सहयोग पुग्‍नेछ ।” 

कालापानी नेपालकै हो र भारतसँग वार्ता चाहन्छौं : राजदूत आचार्य 


भारतसँगको ९८ प्रतिशत सीमा समस्या समाधान भएको बताउँदै उनले भने, “यस्तो विवादलाई बढाउनेतिर लाग्‍नु हुँदैन ।”  नेपालले वार्ताको मितिका लागि प्रस्ताव गरेको बुझिएको छ । 

तर, भारत पक्ष स्पष्टरुपमा तयार भइनसकेको टाइम्स अफ इन्डियामा प्रकाशित समाचारमा उल्लेख छ । भारतले जम्मु-काश्मीरको विषयलाई लिएर नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्ने क्रममा भारतले नेपाली भू-भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरेपछि यो विवाद फेरि चुलिएको हो । नेपालमा भारतले नेपाली भूभाग कब्जा गर्न खोजेको भन्दै विरोध प्रदर्शनहरु भएका थिए ।