सर्वोच्चको आदेशपछि एनसेलले बुझायो लाभकर

टेलिकम्पनी एनसेलले निर्धारित पुँजीगत लाभकरमध्ये ४ अर्व ५० करोड रूपैयाँ तिरेको छ।

ठूला करदाता कार्यालयले एनसेललाई १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा पत्राचार गरेपछि ४ अर्व ५० करोड रूपैयाँ बुझाएको हो।कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरेको छ ।

बाँकी रकम एनसेलले किस्ताबन्दीमा यसै आर्थिक बर्ष भित्र बुझाउने जनाएको छ ।