अख्तियारका पूर्व सहायक प्रवक्ता रिजाल पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका निवर्तमान प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको छ । रिजाल अख्तियारक पूर्व सहायक प्रवक्तासमेत हुन् ।

आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका आरोपितसँग घुस लिएको आरोपमा मंगलबार उनलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।