मुख्य समाचार

पोखरामै शितलहर : सडकहरू पूरै भिजे, जनजीवन कष्टकर

पोखरामा बाक्लो हुूुुस्सु लागेको छ । योसंगै शितलहर पनि परेको छ । नेपालको तराई भेगमा गर्ने शितलहर पोखरामै परेको छ । हुस्सुले बाटोमा सवारी चलाउन र हिंडडुल गर्न समस्या परेको छ भने सडकहरू पूरै भिजेका छन् । साइकल र मोटरसाइकलमा यात्रा गर्नेहरू पनि शितलहरले भिज्ने गरेका छन् । पोखरामा चिसो निकै कडा छ । शनिबार दिउसो १ बजेसम्म हुस्सु लागेको थियो । पोखरामा यस्तो हु्स्सु र शितलरह यसभन्दा अघि कहिल्यै… पुरा पढौ

आज सार्वजनिक बिदा कहाँ-कहाँ हुन्छ ?

पृथ्वी जयन्तीको अवसरमा यही पुस २७ गते जिल्लाको गोरखा र पालुङटार नगरपालिका, भीमसेन थापा र सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिने भएका छन् । ३ वटै स्थानीय तहले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले नगरपालिका मातहत र गाउँपालिकाले गाउँपालिका मातहतका कार्यालय बन्द रहने जनाएका छन् । आधुनिक नेपालका राष्ट्रनिर्माता तत्कालीन राजा पृथ्वीनारायण शाहको योगदानलाई उच्च कदरस्वरुप स्थानीय सरकारको तर्फबाट राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीलाई भव्यता साथ मनाउन सार्वजनिक बिदाको घोषणा… पुरा पढौ

देशको रक्षा र नेपालीको समृद्धिका लागि गहकिलो प्रयास हुनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र

पूर्व राजा ज्ञानेन्द्र शाहले देशको सबै भूभागको रक्षा तथा समग्र नेपालीको समृद्धिका लागि गहकिलो प्रयास हुनुपर्ने बताएका छन् । २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर एक शुभकामना सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र अखण्ड रहनुपर्ने बताएका छन् । ‘हाम्रा पुर्खाको पौरखले जोडिएको, जगेर्ना गरिएको हिमाल, पहाड, तराई मिलेर बनेको हाम्रो यो प्यारो मातृभूमि नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र… पुरा पढौ

उपसभामुखलाई राजीनामा गराउने नेकपाको निर्णय

 नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा गर्न भनेको छ । शनिबारप्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई राजीनामागराउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । नेकपाले सभामुख उम्मेदवार चयन भने गर्न सकेन । पुरा पढौ

पोखरामा आज विद्युत नआउने, यस्तो छ कारण

पोखरामा आज शनिबार विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड शाखाले सूचना जारी गर्दै शनिबार दुई घण्टा विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको हो । शनिबार बिहान ११ बजे देखी १ बजेसम्म पोखरा सवस्टेशनबाट विद्युत प्रसारण हुने सम्पूर्ण क्षेत्रहरुमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ । पोखरा लेखनाथ १३२ केभी प्रसारण लाईन खण्को टावरमा ईन्सूलेटर परिर्वतन गरी ममर्त गर्नका लागि बन्द गर्नु परेको जनाएको छ… पुरा पढौ

तनहूँमा लाग्ने हुस्सु पोखरामा, चिसो निकै कडा

आज शनिबार पोखरामा हुस्सु लागेको छ । बिहान ४ बजेदेखि हुस्सु लाग्न शुरु भएको थियो । अहिले पूरै पोखरा हुस्सुले ढाकेको छ । हुस्सुकै कारण पोखरा अन्धकारमय भएको छ । योसंगै कडा चिसो पनि भएको छ । चिसोले मानिसको चहलपहलमा कमि आएको छ । ‘पहिला पहिला पोखरामा हुस्सु देखिदैनथ्यो । अहिले मौसममा निकै परिवर्तन आएछ’, ज्येष्ठ नागरिक नीलकण्ठ कोइराला भन्छन्, ‘पहिलो विजयपुर खोला पारी मात्र लाग्यो । अहिले त पोखरामै… पुरा पढौ

१५ हजारले अदालत पुर्याउला भन्ने के थाहा ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय यज्ञभूमि धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक कालिचरण पञ्जियारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाइ दिएबापत रु १५ हजार घुस लिएको अवस्थामा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । निज प्रनानी निरीक्षक पञ्जियारविरुद्ध सोही रकम बराबर बिगो माग दाबी लिई मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।  यस्तै आयोगले नक्कली शैक्षिक योग्यताको… पुरा पढौ

रक्षामन्त्री ईश्वर पोखरेल सवार हेलिकोप्टर आकस्मिक अवतरण

रक्षामन्त्री ईश्वर पोखरेल सवार नेपाली सेनाको हेलिकोप्टर पाल्पाको तानसेनमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट रुपन्देहीका लागि उडेको मन्त्री पोखरेल सवार हेलिकोप्टर मौसममा खराबी आएपछि पाल्पाको तानसेनमा आकस्मिक अवतरण गरिएको हो । पाल्पाका सहायक सीडीओ लक्ष्मण घिमिरले अपराह्न ५ः३० बजे नेपाली सेनाको हेलिकोप्टर तानसेनमा अवतरण भएको जनाए । मौसममा सुधार नभएपछि मन्त्री पोखरेल तानसेनबाट गाडी चढेर रुपन्देही गएको उनले जानकारी दिए ।- फाइल तस्वीर पुरा पढौ

जनकपुर टिपर प्रकरण : चालक महतो पक्राउ

धनुषाको मिथिला नगरपालिका–५ स्थित श्रीपुर बस्ने २४ वर्षीय ओमप्रकाश महतो उर्फ दिलिपकुमार महतोको ज्यान जानेगरी ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  ना ७ ख ६४१३ नम्बरको टिपर चालक मुनिन्द्र महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषाले ढल्केबर पश्चिमबाट पक्राउ गरेको हो । धनुषाका एसपी रमेशकुमार बस्नेतले भने, ‘चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’ अवैध खोला उत्खननको विरोध गर्ने क्रममा दिलिपकुमार महतोको शुक्रबार बिहानै औरही खोलामा टिपरले किचेर मृत्यु… पुरा पढौ

इन्जिनियरिङ पढ्दै गरेका युवकलाई टिपरले किचेर मारियो

धनुषामा टिपरले किचेर एक युवकको ज्यान लिएको छ । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुर बस्ने २३ वर्षीय दिलिप भनिने ओमप्रकाश महतोलाई टिपरले किचेर मारेको प्रहरीले जनाएको छ । युवक महतोलाई ना.७ ख ६४१३ नम्बरको टाटा हाइवा टिपरका चालकले श्रीपुरस्थित औरही खोला छेउमा कुटपिट गर्दै बाटोमै जबरजस्ती राखेर किचेको  स्थानीयले बताए। शुक्रबार  विहान करिव सवा ४ बजेका  समयमा औरही खोलामा अवैध रुपमा ग्रिट्टि उठाइ रहेका  बेला रोक्न जाँदा दिलिपलाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं