रक्षामन्त्री ईश्वर पोखरेल सवार हेलिकोप्टर आकस्मिक अवतरण

रक्षामन्त्री ईश्वर पोखरेल सवार नेपाली सेनाको हेलिकोप्टर पाल्पाको तानसेनमा आकस्मिक अवतरण गरिएको छ ।

काठमाडौंबाट रुपन्देहीका लागि उडेको मन्त्री पोखरेल सवार हेलिकोप्टर मौसममा खराबी आएपछि पाल्पाको तानसेनमा आकस्मिक अवतरण गरिएको हो ।

पाल्पाका सहायक सीडीओ लक्ष्मण घिमिरले अपराह्न ५ः३० बजे नेपाली सेनाको हेलिकोप्टर तानसेनमा अवतरण भएको जनाए ।

मौसममा सुधार नभएपछि मन्त्री पोखरेल तानसेनबाट गाडी चढेर रुपन्देही गएको उनले जानकारी दिए ।- फाइल तस्वीर