
धनुषाको मिथिला नगरपालिका–५ स्थित श्रीपुर बस्ने २४ वर्षीय ओमप्रकाश महतो उर्फ दिलिपकुमार महतोको ज्यान जानेगरी ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ना ७ ख ६४१३ नम्बरको टिपर चालक मुनिन्द्र महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषाले ढल्केबर पश्चिमबाट पक्राउ गरेको हो । धनुषाका एसपी रमेशकुमार बस्नेतले भने, ‘चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’
अवैध खोला उत्खननको विरोध गर्ने क्रममा दिलिपकुमार महतोको शुक्रबार बिहानै औरही खोलामा टिपरले किचेर मृत्यु भएको थियो । घटनालगत्तै टिपरका चालक फरार भएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिप्रका धनुषाले जनाएको छ ।






