पोखरामा बाक्लो हुूुुस्सु लागेको छ । योसंगै शितलहर पनि परेको छ । नेपालको तराई भेगमा गर्ने शितलहर पोखरामै परेको छ ।
हुस्सुले बाटोमा सवारी चलाउन र हिंडडुल गर्न समस्या परेको छ भने सडकहरू पूरै भिजेका छन् । साइकल र मोटरसाइकलमा यात्रा गर्नेहरू पनि शितलहरले भिज्ने गरेका छन् ।
पोखरामा चिसो निकै कडा छ । शनिबार दिउसो १ बजेसम्म हुस्सु लागेको थियो ।
पोखरामा यस्तो हु्स्सु र शितलरह यसभन्दा अघि कहिल्यै नपरेको अग्रजहरु बताउँछन् ।
जलवायु परिवर्तनको असरका कारण यस्तो भएको कतिपयको दावी छ । पोखराका नागरिक आगो तापेर बस्न बाध्य भएका छन् ।
हुुस्सु र शितलहरले मानव स्वास्थ्यका साथै खेतीवालीमा समेत प्रतिकुल असर पुर्याउने बताइन्छ ।
आइतबार बिहान ६ः४५ बजे पोखराको पर्स्याङमा खिचिएका दृश्यहरू






