मुख्य समाचार

इरान-अमेरिका तनाव : विमान चार्टर्ड गरेरै नेपालीको उद्धार गरिने

इरान र अमेरिकाबीच तनाव बढ्दै गए मध्यपूर्वमा रोजगारीको सिलसिलामा रहेका १० लाखभन्दा बढी नेपाली जोखिममा पर्ने नयाँ पत्रिका दैनिकमा समाचार छ । इराकलगायत मुलुकमा रहेका नेपाली अहिलेसम्म सुरक्षित रहे पनि संकट थपिँदै जाँदा उनीहरूको उद्धार गर्न तयारी हालतमा बस्नुपर्ने निष्कर्ष सरकारले निकालेको छ । मध्यपूर्वमा रहेका नेपालीको उद्धार गर्न नेपाल वायुसेवा निगमको जहाज तयारी अवस्थामा राख्ने निर्णय परराष्ट्र मन्त्रालयमा बिहीबार बसेको सबै सरोकारवाला निकायबीचको बैठकले गरेको छ । बैठकमा परराष्ट्रसहित प्रधानमन्त्री… पुरा पढौ

वामदेवलाई राष्ट्रियसभामा लैजान संविधान संशोधनको बहस

सत्तारूढ नेकपाको शीर्ष तहमा संविधान संशोधनका विषयमा बहस सुरु भएको समाचार छ। गत प्रतिनिधिसभा चुनावमा बर्दिया–१ बाट पराजित वामदेव गौतमलाई प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियसभामा जान प्रस्ताव गरेपछि नेता गौतमले ‘संविधान संशोधन’ को सर्त राखेका थिए। संविधानको धारा ७६ को (१) मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने उल्लेख छ। यो धाराअनुसार राष्ट्रियसभा… पुरा पढौ

सभामुख नेम्वाङलाई बनाउनुहोस्, प्रधानमन्त्री म बन्छु : प्रचण्ड

नयाँ सभामुख चयनका विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूववत् अडान नछाडेपछि नेकपाका अन्य शीर्ष नेताहरुको उनीविरुद्धको मोर्चाबन्दी सतहमा आएको कान्तिपुर दैनिकमा समाचार छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा ओलीको अडानविरुद्धको छलफल र परामर्श तीव्र भएका छन् । समय घर्किदै जाँदा सभामुखको विषयलाई नेकपाका अध्यक्षहरुले नै प्रतिष्ठाको विषय बनाउन थालेपछि यसले समग्र राजनीतिमा असर पार्ने देखिएको छ । त्यसको पछिल्लो संस्करण हो नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव… पुरा पढौ

बाआमाको खातामा रकम जम्मा गर्न निर्देशन

ज्येष्ठ नागरिकको जीवनयापनमा समस्या भएमा स्थानीय तहले सम्बन्धित नागरिकको हकवालाबाट निश्चित रकम ज्येष्ठ नागरिकको खातामा जम्मा गर्न निर्देशन दिन पाउने भएको छ । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको प्रतिवेदनअनुसार ज्येष्ठ नागरिकका हकवालाको न्यूनतम आम्दानी पनि नभएमा संरक्षण र आधारभूत आवश्यकता पूरा गर्ने दायित्व स्थानीय तहको हुने छ । राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा विचाराधीन विधेयक समितिबाट पारित भएको हो । समितिबाट पारित भएको विधेयक अब प्रतिनिधि सभामा पेस… पुरा पढौ

किशोरी बलात्कृत, मुद्धा मिलाउन यस्तो दवाव

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका वडा नम्बर ४ का स्थानिय ५७ वर्षिय कृष्णबहादुर गहतराज पक्राउ परेका हुन् । गत पौष १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्याल बाट छिरेर बलात्कार गरेको पिडित ती किशोरीले बताएकी छिन् । झ्यालबाट छिरेर गहतराजले आफूलाई मुख र हात समातेर बलात्कार गरेको पिडित किशोरीको भनाई छ । गहतराज लाई पौष २१ गते पक्राउ गरी… पुरा पढौ

भारतले रोक्यो नेपालको पाम आयल

भारतलेले प्रशोधित पाम आयल आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपालबाट त्यसको निकासी रोकिएको छ ।  वीरगञ्ज भन्सारबाट जाँचपास भएको प्रशोधित पाम आयल भारतीय रक्सौल भन्सारले रोकेको छ । जोगबनीस्थित भारतीय भन्सारले पनि नेपाली पाम आयल भारत छिर्न दिएन । बिहीबार अपरान्हसम्म जाँचपास भएकोमा साझ उद्योगीहरुले निकासी रोकिएको भन्दै तेल फिर्ता ल्याउने निवेदन दिएको वीरगञ्ज भन्नसार भ्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौलाले बताए ।  भारतीय भन्सारले रोकिदिएपछि उद्योगीले नाकामा रोकिएको तेल फिर्ता… पुरा पढौ

अमेरिका र इरानलाई विवाद नबढाउन नेपालको आग्रह

नेपाल सरकारले पश्चिम एशिया क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमलाई नजिकबाट नियाल्दै र त्यसप्रति गहिरो चिन्ता र चासो व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति मार्फत सो क्षेत्रको शान्ति र स्थायित्वमा खतरा ननिम्त्याउन आह्वान गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको हो। विज्ञप्तिमा भनिएको छ, ‘हामी सबै पक्षहरुलाई यस क्षेत्रमा तनाव बढाउने तथा शान्ति र स्थायित्वलाई खतरामा पार्ने खालका काम–कारबाही नगर्न आह्वान गर्छौं ।’ सबै विवाद शान्तिपूर्ण तरिकाले समाधान हुनुपर्ने नेपालको… पुरा पढौ

एक वर्षमा १ लाख २० हजार पर्यटक बन्दीपुरमा

सन् २०१९ मा एक लाख २० हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरेका छन् । स्वदेशी तथा विदेशी गरी एक लाख २० हजार पर्यटकले बन्दीपुरको भ्रमण गरेको बन्दीपुर पर्यटन विकास समितिले जानकारी दिएको छ। बन्दीपुर भ्रमण गर्नेमध्ये ७५ प्रतिशत स्वदेशी र २५ प्रतिशत विदेशी पर्यटक रहेको समितिका अध्यक्ष वैश गुरुङले जानकारी दिए। उनका अनुसार यस अवधिमा ९० हजार स्वदेशी र ३० हजार विदेशी पर्यटकले बन्दीपुरको भ्रमण गरेका छन्। गत… पुरा पढौ

सम्प्रभुता दाउमा राखेर अनुदान लिँदैनौं : पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पोखराका रत्नमन्दिर र हिमागृह कसैलाई व्यवसायिक प्रयोग गर्न दिइनसकेको बताएका छन् । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अन्य मन्त्रीहरु समेत उपस्थित कार्यक्रममा उनले गण्डकी सरकारसँग सल्लाह गरी यसबारे निर्णय लिइने जानकारी दिए । नेपाल ट्रस्टका अध्यक्षसमेत रहेका मन्त्री पोखरेलले भने, ‘यहाँको प्रदेश सरकारसँग सल्लाह गर्छाै । पर्यटन व्यवसायीका कुरा सुन्छौं । प्रधानमन्त्री ट्रस्टको संरक्षक हुनुहुन्छ । उचित उपयोग गर्छाैं ।’ उनले ट्रस्टमा रहेको साढे २१… पुरा पढौ

ऊर्जामन्त्री पुन यूएई प्रस्थान

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन यूएई प्रस्थान गरेका छन्। बिहीबार अन्तर्राष्ट्रिय ऊर्जासंघको सम्मेलनमा भाग लिन ऊर्जामन्त्री पुनसहित पाँच जनाको टोली त्यसतर्फ प्रस्थान गरेका हुन्। सम्मेलनमा २६ र २७ गते दुई सत्रलाई ऊर्जामन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेकोले मन्त्री पुन २८ गते नेपाल फर्किने मन्त्रीको निजी सचिवालयले जनाएको छ। पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं