ऊर्जामन्त्री पुन यूएई प्रस्थान

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन यूएई प्रस्थान गरेका छन्।

बिहीबार अन्तर्राष्ट्रिय ऊर्जासंघको सम्मेलनमा भाग लिन ऊर्जामन्त्री पुनसहित पाँच जनाको टोली त्यसतर्फ प्रस्थान गरेका हुन्।

सम्मेलनमा २६ र २७ गते दुई सत्रलाई ऊर्जामन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेकोले मन्त्री पुन २८ गते नेपाल फर्किने मन्त्रीको निजी सचिवालयले जनाएको छ।