मुख्य समाचार

अचेत महिलाले जन्माइन् स्वस्थ शिशु !

निजगढकी कुशुम चौलागाईँले आमा बन्ने क्रममा मृत्युसँगै जुध्नुपर्यो । तर, अस्पतालका डाक्टर र नर्सको सीप, क्षमता र मानवीय भावनाका कारण २३ वर्षीय उनले मृत्युपछि विजय हासिल मात्र गरिनन् सकुशल आमा पनि बनिन् ।  साढे चार महिनाअघि गर्भवती चौलागाईँलाई अत्यधिक टाउको दुखेको कारण अर्धचेत अवस्थामा महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल पुर्याइयो, तर उनको दुई घण्टाभन्दा बढी समयसम्म कुनै उपचार भएन । उनका श्रीमान यद्ध खड्काले उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याए… पुरा पढौ

निकुञ्जका हात्तीमा डरलाग्दो क्षयरोग, ५ हात्ती क्षयरोग कै शिकार

सौराहाको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा गत पुुस ८ गते ३८ वर्षको पूजाकली नामक पोथी हात्ती मर्यो। २०३८ सालमा जन्मिएकी पूजाकली मर्नुको कारण निकुञ्जले अझै सार्वजनिक गर्न सकेको छैन । तत्काल पोस्टमार्टममा खटिएका चिकित्सकहरूको आधार मान्ने हो भने पूजाकलीलाई क्षयरोग भएको थियो । ‘फोक्सो बिग्रिएको थियो । पीप भरिएको थियो । यो क्षयरोगको लक्षण हो’, निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठले भने, ‘कहिलेकाहीँ निमोनियामा पनि यस्तो देखिन्छ । यसको निक्र्योलका लागि ल्याब… पुरा पढौ

न्याय परिषद् सदस्यमा खड्का नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनविद् वरिष्ठ अधिवक्ता (प्रमाणपत्र तह नं ३४) लक्ष्मीबहादुर निराला खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा खड्कालाई मंगलबार सदस्यमा  नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमा जनाएका छन् । पुरा पढौ

मेयरकै नेतृत्वमा पत्रकारमाथि हेलमेट प्रहार

जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले कार्यकक्षमा थुनेर पत्रकारमाथि कुटपिट गरेका छन्। मेयर साहको नेतृत्वमा पत्रकार महासंघका धनुषाका अध्यक्ष अनिल मिश्र, देशसञ्चार डटकमका संवाददाता राजा झा, कान्तिपुर दैनिकका संवाददाता अमरकान्त ठाकुरसहित १ दर्जन पत्रकारमाथि कुटपिट भएको हो। जानकी मन्दिर अगाडिको सडक विस्तारको क्रममा ८५ लाख रुपैयाँको चलखेलमा निजी घर बचाउन जानकी मन्दिरको फूलबारी अतिक्रमण गरी पर्खाल भत्काएको आरोपको विषयमा प्रतिक्रिया लिन पुगेको बेला पत्रकारहरुमाथि कुटपिट भएको हो । मेयरले गुण्डा लगाएर… पुरा पढौ

आजदेखि फेरि वर्षा र हिमपात !

नेपालमा फेरि पश्चिमी निम्न चापीय प्र्रणालीको प्रभाव सुरु भएको छ । निम्न चापीयको प्रणालीको असरले आइतबार र सोमबार सफा भएको मौसममा फेरि बदली सुरु भएको छ । मंगलबार भने पश्चिमी भूभागहरुमा सामान्य बदली भई अन्य भागमा आंशिक बदली हुनेछ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिनभरी देशका पश्चिमी भूभागहरुमा सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक र सामान्य बदली हुनेछ । यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रहरुको केही स्थानमा भने मध्यम हिमपात हुनेछ… पुरा पढौ

जिल्ला सभापतिहरूलाई बर्खास्त गर्ने देउवाको चेतावनी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू विरुद्ध लाग्ने जिल्ला सभापतिहरूलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । पार्टीको विवादकै बीच वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकटका जिल्ला सभापतिहरूको भेला बोलाएका थिए । केन्द्रमा सभापति देउवाको दवदवा रहे पनि जिल्ला सभापतिमा भने पौडेल पक्षको बहुमत छ । भेलामा सहभागी जिल्ला सभापतिहरूले देउवाको चर्को विरोध गरेका थिए । पार्टीको निर्देशन विनै भेला भएर सभापतिको विरोध गरेपछि देउवाले कार्वाही गर्ने चेतावनी दिएको बताइन्छ ।… पुरा पढौ

मुगु जिल्ला चार दिनदेखि सञ्चारविहीन

नेपाल टेलिकमका सबै सञ्जालले काम गर्न छाडेपछि मुगु जिल्ला चार दिनदेखि सञ्चारविहीन भएको छ ।   जुम्लाको डाँफे लेकमा अवस्थित टेलिकमको टावरको रेडियो लिङ्कमा हिमपातले समस्या ल्याएपछि सो टावरबाट मुगु जिल्लामा सञ्चालित जिएसएम, एसटिडी सञ्जालले काम गर्न छाडेका छन् ।  यसैगरी एडिएसएल इन्टरनेट सेवा पनि जिल्लाभर अवरुद्ध भएको छ । गत बिहीबारदेखि शुक्रबारसम्म सो लेकमा निरन्तर हिमपात परेको जनाइएको छ ।  इन्टरनेट सेवा अवरुद्ध भएपछि जिल्लाका सरकारी तथा गैरसरकारी सङ्घसस्था,… पुरा पढौ

मोटरसाइकल ट्रकमा ठोक्किँदा १ को मृत्यु

चितवनमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन । रत्ननगर नगरपालिका–४ देबैलीस्थित सडकखण्डमा रोकिराखेको ना५ख ६४४५ नंको मिनीट्रकमा सौराहादेखि टाँडीतर्फ आउँदै गरेको ना३८प ८३२८ नंको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते करीब २९ वर्षका पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।  मृतकको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ । दुवै सवारीसाधन र… पुरा पढौ

पोखराको मौसम डरलाग्दो

आज मंगलबार पोखराको मौषम निकै विग्रिएको छ । मौसम निकै डरलाग्दो अवस्थामा छ । मौसम विभागले मौषममा सुधार हुने भनिए पनि पोखराको मौसम एकाएक विग्रिएको छ । बिहानैदेखि अँध्यारो भएको छ । पानी पनि पर्न सक्ने देखिन्छ । आइतबार र सोमबारको तुलनामा आज बढी चिसो महसूस गरिएको छ । पोखरा आसपासका डाँडामा तुँवालोले ढाकेको छ । पुरा पढौ

पण्डितलाई अंकुश : जन्मदर्ता वा नागरिकता हेरेर मात्र विवाह गराउन पाउने

सिरहा जिल्लामा रहेका पुरोहित (पण्डित) तथा मौलानालाहरुले विवाहमा केटाकेटीको जन्मदर्ता वा नागरिकता प्रमाणपत्र हेरेर मात्र विवाह गराउने प्रतिबद्धता जनाएका छन् । जिल्लामा बढ्दो बालविवाहमा कमी ल्याउने उद्देश्यले सिरहा प्रहरीद्वारा सोमबार  सिरहा नगरपालिका–१२ सारस्वरमा आयोजित अन्तरक्रियामा जिल्लाभरीका पण्डित तथा मौलानाहरूले विवाह गराउनु अघि केटा र केटीको जन्मदत्र्ता वा नागरिकता प्रमाणपत्र हेरर मात्र विवाह गराउने प्रतिबद्धता जनाएका हुन् । विवाह गराई दिनुअघि जन्मदर्ता वा नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको काम गर्न पुरोहित… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं