मुख्य समाचार

ज्ञानेन्द्र शाही कुटपिट घटना : आरोपित सबै धरौटीमा छुटे

ज्ञानेन्द्र शाहीलाई कुटपिट गरेको आरोप लागेका ४ जना जनही १ लाख धरौटी बुझाएर तारेखमा छुटेका छन् । एक जना पक्राउ गरी प्रहरीले मुद्दा चलाएकोमा अन्य ३ जना भने स्वयम् अदालतमा हाजिर भएका हुन् । चितवन प्रहरीले भरतपुर ११ बस्ने वर्ष ३३ का अविरल पोखरेललाई कात्तिक १७ गते राति पक्राउ गरेको थियो । उनी १ लाख धरौटी बुझाएर छुटेका थिए । भरतपुर ४ का ईश्वर रेग्मी, भरतपुर १२ का सुशील केसी… पुरा पढौ

सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कन्चनपुरबाट खटिइएको टोलीले कैलालीको सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षलाई घुससहित पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-१२ मा रहेको सामुदायिक वन क्षेत्रबाट माटो झिक्न प्रयोग भएका डोजर र ट्याक्टर छाड्ने क्रममा सेवाग्राहीसँग १ लाख ६० हजार रकम लिँदै गरेको अवस्थामा अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंह पक्राउ परेका हुन् । कानीखोला पुल नजिकबाट माटो झिकिरहेको अवस्थामा सामुदायिक वनले नियन्त्रणमा लिएको डोजर र… पुरा पढौ

कांग्रेसबाट निर्वाचित २ जनप्रतिनिधि बर्खास्त

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्दै स्थानीय तहमा निर्वाचित  दुई जना आजबाट लागु हुने गरी पदमुक्त भएका छन् । कांग्रेसले निर्वाचन आयोगमा दिएको जानकारी अनुसार उनीहरु पदमुक्त भएका हुन् । निर्वाचन आयोगले आज सार्वजनिक सूचना जारी गरी सो सम्बन्धी जानकारी गराएको छ ।  आयोगद्वारा आज जारी गरिएको सूचनामा भनिएको छ, ‘आयोगको मिति २०७६ पुस २०को निर्णयानुसार राजनीतिक दल सम्बन्धी ऐन २०७३को दफा ३१ र ३२ तथा राजनीतिक दल सम्बन्धी नियमावली २०७४को नियम… पुरा पढौ

आजको मौसम कस्तो रहला ?

नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको असर पर्नेछ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानमा देशको पश्चिमी क्षेत्रमा परिश्ची निम्न चापीय प्रणालीको असर पर्ने उल्लेख गरिएको हो । सोमबार देशका पश्चिमी र पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली भइरहने र अन्य क्षेत्रमा भने मौसम सफा रहने उल्लेख गरिएको छ । यसैगरी, सोमबार दिनभरी पश्चिमी र पूर्वी भूभागमा आंशिक र सामान्य बदली हुनेछ । भने पश्चिमी र पूर्वका केही स्थानमा भने… पुरा पढौ

हुसेनले उम्मेदवारी दर्ता गराउन पाएनन्

राष्ट्रियसभा सदस्यका लागि प्रदेश नम्बर २ बाट एक उम्मेदवार ढिला गरि निर्वाचन आयोगको कार्यालय पुग्दा उम्मेदवारी दर्ता गराउनबाट बञ्चित भएका छन् । निर्वाचन आयोगले निर्धारण गरेको समय भन्दा २५ मिनेट ढिलो पुगेपछि नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार मोहम्मद अख्तर हुसेन निर्वाचन अधिकृतको कार्यालय पुगेर पनि मनोनयन दर्ता गराउन सकेनन् । निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ताका लागि आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय निर्धारण गरेको थियो थियो । २५ मिनेट… पुरा पढौ

रेल्वे विद्येयक संसदमा, विदेशी भूमिमा पनि रेल्वे

रेल सञ्जाल निर्माण तथा सञ्चालनको सम्भाव्यता अध्ययनको काम जारी रहेका बेला सरकारले रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा दर्ता गरेको छ । रेल्वे सेवाको विकास, विस्तार, सञ्चालनलगायतका व्यवस्था समेटेर कानुनी आधार तयार पार्न विधेयक संसद्मा दर्ता गरिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले दर्ता गरेको विधेयकको प्रक्रिया चालू अधिवेशनमै अगाडि बढ्ने छ । विधेयकमा रेल, मेट्रो रेल, मोनो रेलको विकास तथा विस्तारका आवश्यक संरचना, बोर्ड र कार्यकारी… पुरा पढौ

प्रहरीले नै घुस मागेपछि…

सामान्यतया : आम नागरिक न्याय खोज्न प्रहरी कार्यालय जान्छन् । शान्ति सेवा सुरक्षणमको मर्मअनुसार काम गर्ने प्रहरीले न्याय दिलाउँछ भन्ने विश्वास पनि उत्तिकै छ । तर प्रहरीले नै न्याय दिएन भने त्यो विश्वास कहाँ बाँकी रहला । यस्तै भएको छ, एक सेवाग्राहीलाई । ठगीमा परे भन्दै प्रहरी समक्ष पुगेका एक सेवाग्राहीसँग उल्टै घुस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय अपराध महाशाखा काठमाडौँका प्रहरी निरीक्षक जय नेपाल थापाविरुद्ध विशेष अदालतमा… पुरा पढौ

‘देउवा गिरोह र गुटको मात्रै सभापति’

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाले बहुमतको दम्भमा पार्टीभित्र जमिन्दारी प्रथा चलाउन खोजेको आरोप लगाएका छन् । सभापति देउवाले विधान लत्याउँदै अगाडि बढेका कारण पार्टीभित्र सहमति र सहकार्यका लागि अवरोध सिर्जना भएको सिटौलाले बताए । सभापति देउवालाई लक्षित गर्दै सिटौलाले प्रश्न गरे, ‘हिजो गिरिजाप्रसाद कोइराला र सुशिल कोइराला सभापति र रामचन्द्र पौडेल कार्यबाहक सभापति हुँदा तपाइँलाई सहमतिमै राखेर महाधिवेशन घोषणा गरेको हैन ? अहिले तपाइँ सभापति हुदा सहमतिबाट… पुरा पढौ

मलद्वारमा सुन र हिरा लुकाएर ल्याउने २ पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिरा र सुनसहित २ भारतीय नागरिक पक्राउ परेका छन् । मलेसियाबाट आएका भारतीय नागरिक मोहम्मद मिदिन सथालीको पेटमा लुकाएर लिएको २०० ग्राम हीरा र युएईको सारजहाबाट आएका कोताकुत किजाकेथिल नौसादको मलद्वारमा लुकाएर ल्याएको आधाकिलो सुन सहित पक्राउ परेका हुन्। त्रिभुवन विमानस्थलको भन्सार एरिया कटिसकेपछि अपराध महाशाखाको टोलीले शंकाका आधारमा उनिहरुलाई पक्राउ गरि काठमाडौं मेडिकल कलेजमा लगेर जचाउँदा सुन र हिरा भेटिएको प्रहरीले जानकारी दिएको छ । उनिहरुलाई… पुरा पढौ

न्याय परिषद सदस्यमा निरला अनुमोदन

संघीय संसदको संसदीय सुनुवाई समितिले लक्ष्मीबहादुर निरलाको नाम न्याय परिषद् सदस्यमा सर्वसम्मत अनुमोदन गरेको छ। आइतबार बसेको समिति बैठकले निरलाको नाम न्याय परिषद् सदस्यमा सर्वसम्मत अनुमोदन गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले निरालाको नाम सिफारिस गरेका थिए। समितिले १० दिनको म्याद दिएर उनी विरुद्ध उजुरी आह्वान गरेपछि कुनै पनि उजुरी परेको थिएन। समिति सभापति लक्ष्मणलाल कर्णले योग्यता, क्षमता र अनुभवका आधारमा निरदा न्याय परिषद सदस्यका लागि योग्य रहेकाले सर्वसम्मतिबाट नाम… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं