मलद्वारमा सुन र हिरा लुकाएर ल्याउने २ पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिरा र सुनसहित २ भारतीय नागरिक पक्राउ परेका छन् ।

मलेसियाबाट आएका भारतीय नागरिक मोहम्मद मिदिन सथालीको पेटमा लुकाएर लिएको २०० ग्राम हीरा र युएईको सारजहाबाट आएका कोताकुत किजाकेथिल नौसादको मलद्वारमा लुकाएर ल्याएको आधाकिलो सुन सहित पक्राउ परेका हुन्।

त्रिभुवन विमानस्थलको भन्सार एरिया कटिसकेपछि अपराध महाशाखाको टोलीले शंकाका आधारमा उनिहरुलाई पक्राउ गरि काठमाडौं मेडिकल कलेजमा लगेर जचाउँदा सुन र हिरा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

उनिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।