मुख्य समाचार

पर्यटनमन्त्री अष्ट्रेलिया प्रस्थान

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई अष्ट्रेलिया प्रस्थान गरेका छन् । यही पुस २२ गते अष्टे«लियाको सिड्नीमा आयोजना हुने भ्रमण वर्षको उद्घाटनका लागि पर्यटनमन्त्री गए राति त्यसतर्फ गएको पर्यटन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए । पुस २२ तारिखका दिन विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने भ्रमण वर्ष सचिवालयले जनाएको छ… पुरा पढौ

कृषि विकास बैंक ह्याकिङ्ग प्रकरणका फरार अभियुक्त पक्राउ

कृषि विकास बैंक ह्याकिङ प्रकरणका फरार अभियुक्त एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ रंगेली नगरपालिका २ घर भएका दीपक नेपाललाई प्रहरीको अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनले नाइजेरियन र भारतीय नागरिकसँग मिली नेपालका बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब रुपैयाँ भन्दा बढी रकम ह्याक गरी विदेश लैजान सहयोग गरेको र कृषि विकास बैंकको सिस्टम ह्याक गरी एक करोड रुपैयाँसहित फरार रहेका प्रहरीको भनाइ छ । उनलाई… पुरा पढौ

समाजवादीले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार

समाजवादी पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको नाम तय गरेको छ । समाजवादी पार्टीले प्रदेश १ बाट भरत दाहाल, ज्ञानराज परियार र साध्न शेख खातुनलाई उम्मेदवार बनाइएको छ भने प्रदेश २ मा रामप्रित पासवान र अनिरुद्रसिंह यादव तथा प्रदेश ५ मा कृष्णप्रसाद यादवलाई उम्मेदवार बनाएको छ । राष्ट्रियसभामा निर्वाचनमा प्रदेश २ मा नेपाली काँग्रेससँग चुनावी तालमेल गरेको समाजवादीले उम्मेदवारी मनोनयनको पार्टीले उम्मेदवारको नाम टुंगो लगाएको हो । पुरा पढौ

पार्टी विधिअनुरुप चल्न नसक्दा नै अहिलेको विवाद : नेता केसी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टी विधि विहीनताको अवस्थामा पुगेको बताएका छन् । उनले पार्टीलाई विधिसम्मत सही ढंगले सञ्चालन गर्नुपर्ने खाँचो औंल्याए । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले पार्टी विधि अनुरुप चल्न नसक्दा नै अहिलेको विवाद आएको बताए । ‘पार्टी विधिअनुसार चल्नु पर्छ भन्दा अहिलेको विवाद हो । नेतृत्वले यो कुरा सुन्नेवित्तिकै विवाद अन्त्य हुन्छ’, नेता केसीले भने, ‘केही दिनमा… पुरा पढौ

सांसदद्वारा नै मार्ने धम्की !

सर्लाही क्षेत्र नम्बर ३ प्रदेश (ख) का प्रदेश सभा सदस्य सञ्जय यादवले कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार महतोलाई ज्यान मार्ने धम्की दिएपछि एक सातादेखि कामकाज ठप्प भएको छ । सदस्य यादवले आफूअनुकूलको काम नगरेकाले आफूलाई पटकपटक ज्यान मार्ने धम्की दिँदै आएको प्रमुख प्रशासकीय अधिकृत महतोले आरोप लगाए । आफूले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नगर कार्यपालिकाले नगरसभाबाट अनुमोदन गरेको योजना कार्यान्वयन गर्न खोज्दा प्रदेशसभा सदस्य यादवले धम्क्याउने गरेकोले… पुरा पढौ

ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा गए राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ  ।  तीन घाइते भएका छन् । दमक–९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ह ४९१९ नंको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बरको बीआर०७जीएच७८ को ट्रकले ठक्कर दिँदा अटोरिक्साका चालकसहित दुईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा दमक नगरपालिका–९ का अटोरिक्सा चालक हरिबहादुर भुजेल र अर्का मृतकको पहिचान खुल्न सकेको छैन ।  दुर्घटनामा अटोरिक्सामा सवार… पुरा पढौ

नेकपा सचिवालय बैठक बस्दै, के-के छन् छलफलका विषय ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटीको बैठक सार्ने तयारी गरेको छ । नेकपाले आइतबार बिहान ९ बजे सचिवालयको बैठक बोलाएको छ । आसन्न राष्ट्रियसभाको चुनावका लागि तयारी गर्नुपर्ने भएकाले केन्द्रीय कमिटीको बैठक सार्नुपर्ने देखिएको नेकपा स्रोतले जानकारी दियो ।  “राष्ट्रियसभाको चुनावको उमेदवारी दर्तादेखि निर्वाचन तयारीसम्म गर्नुपर्नेछ । एकल सङ्क्रमणीय निर्वाचन भएकाले तलतलसम्म प्रचार पनि गर्नुपर्‍यो, त्यसैले तयारी पनि अपुग हुनसक्छ, यद्यपि सचिवालय बैठकले आवश्यक निर्णय लिन्छ,” एक सचिवालय सदस्यले… पुरा पढौ

संसद बन्धक कहिलेसम्म ?

संघीय संसदको पाँचौँ अधिवेशन सुरु भएको १५ दिन बित्दा पनि प्रतिनिधिसभाको बैठक सुचारु हुन सकेको छैन । दुईपटक सूचना टाँस गरी संसद बैठक सारिएको छ । विभिन्न विद्येयकहरु विचाराधीन भएको प्रतिनिधिसभा यसरी सुचारु नहुनुको मुख्य कारण नेकपाले सभामुखको उम्मेदवार छनोट गर्न नसक्नुलाई लिइएको छ ।  सत्तारुढ नेकपामा सभामुखमा कसलाई लैजाने भन्नेमा सहमति कायम हुन नसक्दा समस्या बल्झिदै जान थालेको हो ।  पछिल्लो समय पटकपटक भएका भेटघाट र छलफलमा सहमतिको प्रयास… पुरा पढौ

राष्ट्रियसभाको निर्वाचन : उम्मेदवारी दर्ता आज

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।  निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना भैसकेको छ । उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने छ । महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न… पुरा पढौ

धादिङमा हत्या र लुटपाट मच्चाउने तामाङ पोखरामा पक्राउ

धादिङको उत्तरी भेगमा हत्या, डकैती तथा लुटपाट मच्चाई सर्वसाधारणमा त्रास फैलाउने कार्यमा संलग्न साँइला भन्ने दुर्गाबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।  धादिङ खनियाबास-२ स्थायी ठेगाना भएका २७ वर्षीय उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलील शुक्रबार पोखरा महानगरपालिका वडा नं २५ खुट्टेगौंडाबाट पक्राउ गरेको हो ।   आफ्नो सही पहिचान समेत बदली उनी छदम परिचय बनाई कास्कीको चुम्राङ्ग भन्ने ठाउँमा लुकेर बस्दै आएका थिए ।  प्रहरीका अनुसार दार्खामा शिव थापाको हत्यामा संलग्न रहेको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं