समाजवादीले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार

समाजवादी पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको नाम तय गरेको छ ।

समाजवादी पार्टीले प्रदेश १ बाट भरत दाहाल, ज्ञानराज परियार र साध्न शेख खातुनलाई उम्मेदवार बनाइएको छ भने प्रदेश २ मा रामप्रित पासवान र अनिरुद्रसिंह यादव तथा प्रदेश ५ मा कृष्णप्रसाद यादवलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रियसभामा निर्वाचनमा प्रदेश २ मा नेपाली काँग्रेससँग चुनावी तालमेल गरेको समाजवादीले उम्मेदवारी मनोनयनको पार्टीले उम्मेदवारको नाम टुंगो लगाएको हो ।