कृषि विकास बैंक ह्याकिङ्ग प्रकरणका फरार अभियुक्त पक्राउ

कृषि विकास बैंक ह्याकिङ प्रकरणका फरार अभियुक्त एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ रंगेली नगरपालिका २ घर भएका दीपक नेपाललाई प्रहरीको अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनले नाइजेरियन र भारतीय नागरिकसँग मिली नेपालका बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब रुपैयाँ भन्दा बढी रकम ह्याक गरी विदेश लैजान सहयोग गरेको र कृषि विकास बैंकको सिस्टम ह्याक गरी एक करोड रुपैयाँसहित फरार रहेका प्रहरीको भनाइ छ ।

उनलाई अपराध महाशाखाले काठमाडौं प्रहरी परिसरमा पठाएको प्रवक्ता मुकेशकुमार सिंहले जानकारी दिएका छन्।