न्याय परिषद सदस्यमा निरला अनुमोदन

संघीय संसदको संसदीय सुनुवाई समितिले लक्ष्मीबहादुर निरलाको नाम न्याय परिषद् सदस्यमा सर्वसम्मत अनुमोदन गरेको छ।

आइतबार बसेको समिति बैठकले निरलाको नाम न्याय परिषद् सदस्यमा सर्वसम्मत अनुमोदन गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले निरालाको नाम सिफारिस गरेका थिए।

समितिले १० दिनको म्याद दिएर उनी विरुद्ध उजुरी आह्वान गरेपछि कुनै पनि उजुरी परेको थिएन। समिति सभापति लक्ष्मणलाल कर्णले योग्यता, क्षमता र अनुभवका आधारमा निरदा न्याय परिषद सदस्यका लागि योग्य रहेकाले सर्वसम्मतिबाट नाम अनुमोदन गर्ने निर्णय भएको बताएका छन्।

न्यायपरिषद सदस्यमा सिफारिस निरलाले समितिबाट अनुमोदन हुनुअघि समिति छलफलमा आफू निष्ठापूर्वका काम गर्ने प्रतिवद्धता जनाए। जीवनको उत्तराद्र्धमा कुनै दायाँ बायाँ गर्नुपर्ने आवश्यकता नरहेको भन्दै निरालले आफूमाथि गरिएको विश्वासलाई असर पर्न नदिने प्रतिवद्धता जनाउँदै निष्ठापूर्वक काम गर्ने बताएका छन्।