जिल्ला सभापतिहरूलाई बर्खास्त गर्ने देउवाको चेतावनी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू विरुद्ध लाग्ने जिल्ला सभापतिहरूलाई कार्वाही गर्ने चेतावनी दिएका छन् ।

पार्टीको विवादकै बीच वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकटका जिल्ला सभापतिहरूको भेला बोलाएका थिए । केन्द्रमा सभापति देउवाको दवदवा रहे पनि जिल्ला सभापतिमा भने पौडेल पक्षको बहुमत छ ।

भेलामा सहभागी जिल्ला सभापतिहरूले देउवाको चर्को विरोध गरेका थिए । पार्टीको निर्देशन विनै भेला भएर सभापतिको विरोध गरेपछि देउवाले कार्वाही गर्ने चेतावनी दिएको बताइन्छ ।

सभापति देउवाले पौडेल पक्षको भेला प्रभावित गर्ने प्रयास गरेको बताएका छन् । उनले सानेपाको बैठकमा सहभागी नहुन आइतबार साँझ जिल्ला सभापतिलाई आन्तरिक सुर्कलर जारी गरेका थिए ।

देउवाले बैठकमा सहभागी हुनेलाई कारबाहीको धम्की समेत दिएको एक नेताले बताए । उनका अनुसार देउवाले केही जिल्ला सभापति आफूविरुद्ध खुलेर लागेको भन्दै उनीहरूलाई कारबाही तयारी थालेको समेत बताएका थिए । यो कुरा देउवाले आफू पक्षीय नेताहरुको बैठकमा समेत बताएका छन् ।

Image result for पौडेल पक्षका जिल्ला सभापतिहरूको भेला"

देउवा निकट एक केन्द्रीय सदस्यले पनि सभापतिले आन्तरिक बैठकमा आफूविरुद्ध लाग्ने ६ जना जिल्ला सभापतिलाई ‘बर्खास्त’ गर्ने कुरा गरेको बताए । उनले ती सभापति को–को रहेको भन्नेबारे चाहिँ खुलाउन चाहेनन् ।

यता, नेपाली कांग्रेसभित्रको समस्या सुल्झिनुको साटो झनै बल्झिंदै गएको छ । यसले पार्टी फुट्ने हो कि भन्ने आशंका नेता कार्यकर्तामा हुन थालेको छ । यही विवाद दिएर पार्टीका विशेषगरि २ खेमाका नेताहरू जिल्ला दौडाहामा लागेका छन् ।

जिल्ला दौडाहाका क्रममा पार्टी भित्रको समस्या छताछुल्ल पारेका छन् । योसंगै नेताहरूले गुट परिवर्तनलाई समेत तीव्र बनाएका छन् ।

यसैक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीमा उत्पन्न पछिल्लो विवादबारे आफू निकटका जिल्ला सभापतिसँग पराशर्म थालेको छ । संस्थापन इतर समूहलाई ४३ जिल्लाका जिल्ला सभापतिले साथ दिएका छन् ।

Image result for पौडेल पक्षका जिल्ला सभापतिहरूको भेला"

सोमबार पार्टी कार्यालय सानेपामा ४३ जिल्ला सभापतिसँग वरिष्ठ नेता रामचन्द्र पौडेलसहित देउवाको विपक्षमा खडा भएका नेताहरुले छलफल गरेका हुन् ।

पौडेलसहित महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, चन्द्र भण्डारी गगन थापा, नविन्द्रराज जोशीलगायत सहभागी भए पनि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य शेखर कोइराला भने उक्त भेलामा सहभागी थिएनन् ।

बैठकको सुरुमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो विवादबारे फेहेरिस्त सुनाएका थिए । उनले मंसिर २६ गतेदेखि पुस ११ गतेसम्म भएको छलफल र सहमतिको प्रयासबारे बैठकमा ब्रिफिङ गरेका थिए ।

मंसिर २६ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक पुस ११ गतेसम्म पटक पटक स्थगित गर्दै सहमतिको प्रयास गरिएको थियो । तर, सहमतिबिनै संस्थापन पक्षले पुस ११ गतेको केन्द्रीय समिति बैठकबाट बहुमतका आधारमा महाधिवेशनको कार्यतालिकासहित विभिन्न सांगठनिक विषयमा निर्णय लिएको थियो ।

भेलामा पौडेलले उक्त निर्णय सच्याउनुको विकल्प नभएको भन्दै आफूले जिल्ला सभापतिसँग परामर्श आवश्यक गरेर आगाडि बढ्न खोजेको बताएका थिए ।

भेलामा जिल्ला सभापतिको धारणा राख्नेक्रम जारी छ । सोमबारको भेलामा कास्की सभापति कृष्ण केसी, बर्दियाका सभापति सञ्जय गौतम, धादिङका सभापति रमेश धमला, रोप्पाका सभापति अम्मरसिंह पुन, झापाका सभापति उद्धव थापालगायतले धारणा राखेका थिए ।

सभापतिहरूले देउवाको चर्को विरोध गरेका छन् । यता, गुटको भेला हुँदै गर्दा पार्टी कार्यालयको प्रांगणमा पौडेल निकट विद्यार्थीहरूले सभापति देउवाविरुद्ध नाराबाजी समेत गरेका थिए ।