मेयरकै नेतृत्वमा पत्रकारमाथि हेलमेट प्रहार

जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले कार्यकक्षमा थुनेर पत्रकारमाथि कुटपिट गरेका छन्।

मेयर साहको नेतृत्वमा पत्रकार महासंघका धनुषाका अध्यक्ष अनिल मिश्र, देशसञ्चार डटकमका संवाददाता राजा झा, कान्तिपुर दैनिकका संवाददाता अमरकान्त ठाकुरसहित १ दर्जन पत्रकारमाथि कुटपिट भएको हो।

जानकी मन्दिर अगाडिको सडक विस्तारको क्रममा ८५ लाख रुपैयाँको चलखेलमा निजी घर बचाउन जानकी मन्दिरको फूलबारी अतिक्रमण गरी पर्खाल भत्काएको आरोपको विषयमा प्रतिक्रिया लिन पुगेको बेला पत्रकारहरुमाथि कुटपिट भएको हो ।

मेयरले गुण्डा लगाएर हेल्मेट र पाइपले कुटेको र कुटपिटबाट चोट समेत लागेको पिडित पत्रकारले बताएका छन् ।