मुख्य समाचार

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुविधासम्पन्न पिआइसियु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि सुविधासम्पन्न बाल सघन उपचारकक्ष (पिआइसीयु) सञ्चालनमा आएको छ । प्रतिष्ठानको हालै रेट्रोफिटिङ गरिएको भवनमा नवनिर्मित ८ शड्ढयाको उपचारकक्ष औपचारिक रूपमा सञ्चालनमा ल्याइएको अस्पतालका बालरोग विभागका प्रमुख डा रामचन्द्र बास्तोलाले जानकारी दिए । सामान्य अवस्थाबाहेक गम्भीर अवस्थामा विशेष निगरानीमा राखेर उपचार गराउनुपर्ने बच्चाहरूलाई सघन उपचारकक्ष (पिआइसीयु) अनिवार्य हुने भएकाले यो सेवा अस्पतालले सुरु गरेको हो । अस्पतालले बाल सघन उपचारकक्ष बारेमा नै… पुरा पढौ

कांग्रेस-एमाले गठबन्धन गठबन्धन, नेकपा र जनमोर्चाबाट उम्मेदवारी

राष्ट्रिय सभा निर्वाचनमा गण्डकीमा छ जनाको उम्मेदवारी दर्ता भएको छ। नेपाली कांग्रेस र एमालेले गठबन्धन गरी एकल उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवारी दिएका छन्। गण्डकीमा कांग्रेस र एमालेको गठबन्धनबाट खुलामा प्राडा. जगत तिमिल्सिना र महिलामा सम्झना देवकोटाले मनोनयनपत्र दर्ता गराउनु भएको छ। प्रजातन्त्रवादी प्राध्यापक सङ्घका पूर्वअध्यक्ष तिमिल्सिना कांग्रेस र देवकोटा एमालेबाट उम्मेदवार बन्नु भएको हो। गोरखा नगरपालिका गोरखाकी देवकोटा अघिल्लो राष्ट्रिय… पुरा पढौ

निरुताका २ छोरा र १ छोरीले एकै पटक आमाको नामबाट नागरिकता पाए

जिल्ला प्रशासन कार्यालय कास्कीले आमाको नामबाट एकैपटक तीन जनालाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । अन्नपूर्ण गाउँपालिका–८ की निरुता नेपालीका दुई छोरा सुजन र दिनेश तथा छोरी सुस्मिताले आइतबार नागरिकता पाएका हुन् । गत मङ्सिर १२ गते अन्नपूर्ण गाउँपालिकामा आयोजित स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहसम्बन्धी सचेतनामूलक अन्तरक्रियाका क्रममा निरुता नेपालीले आफ्ना सन्तानको जन्मदर्ता प्रमाणपत्र नपाएको गुनासो प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासमक्ष राखेकी थिइन् । त्यसपछि… पुरा पढौ

चिसो बढ्‍यो, अत्यावश्यक नभई घरबाहिर नजाऔँ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल हुनसक्ने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चिसोले गर्दा रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मियालगायत लक्षण भएका बिरामीको सङ्ख्या बढ्ने भएकाले चिसोमा बाहिर ननिस्कन अनुरोध गर्नुभएको हो। “जाडोयाम सुरु भएसँगै सामान्यभन्दा तापक्रम कम भएर विभिन्न क्षेत्रमा हुने शीतलहर, हुस्सु, कुहिरो र हिमपात जस्ताले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा रुघाखोकी,… पुरा पढौ

लौरुक खोलामा ३ करोड ७१ लाखमा मोटरेवल पुल

पोखरा महानगरपालिका वडा नं.२४ स्थित लौरुक खोलामा मोटरेवल पुल शिलान्यास गरिएको छ । उक्त पुलको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिवार शिलान्यास गर्नुभएको हो । पुलको शिलान्यास गर्दै नगर प्रमुख आचार्यले लौरुक खोलामा पुल नहुँदा निकै सास्ती खेपिरहेका त्यस क्षेत्रका नागरिकहरूलाई पुन निर्माण पश्चात् आवागमनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । महानगरको वडा नं.२४, २३, १८ तथा अन्नपूर्ण गाउँपालिकाका बासिन्दाहरूलाई समेत पोखराको मुख्य बजारसम्म आउन जानका लागि बाह्रै महिना सजिलो… पुरा पढौ

अखण्डबाट मन्त्री, कांग्रेसबाट प्रदेशमन्त्री, चुनावको मुखमा रास्वपा

नेपाली कांग्रेसको कारबाहीमा परेका पूर्वमन्त्री कुमार खड्काले निर्वाचनको मुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोजेका छन् । रास्वपा गण्डकीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा रास्वपा उपसभापति स्वर्णीम वाग्ले लगायतका नेताले उनलाई पार्टी प्रवेश गराएका हुन् । दोस्रो संविधानसभा निर्वाचनअघि आफ्नै नेतृत्वमा अखण्ड नेपाल पार्टी गठन गरेका खड्का समानुपातिक प्रणालीबाट सांसद बनेका थिए । त्यसपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । पछि अखण्ड… पुरा पढौ

कांग्रेस महाधिवेशन वैशाख २८-३१, ५ नेताको फरक मत

सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको नयाँ कार्यतालिकासहितको प्रस्ताव पारित भएको हो । उता चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको आयु पनि लम्ब्याएर २०८३ जेठसम्म कायम गर्न पनि खड्काले राखेको प्रस्ताव पास भएको छ । कार्यवाहक खड्काले पेश गरेको दुवै प्रस्ताव पास भएको पूर्वमहामन्त्री डा. शशांक कोइरालाले जानकारी दिए । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आगामी पुस २६ गतेदेखि विशेष महाधिवेशन गर्ने घोषणासहित भृकुटीमण्डपको हल… पुरा पढौ

ठिहीमा आगो ताप्दा थाहै नपाई आउन सक्छ विपत्ती, यी विषयमा ध्यान दिनुस्

जाडोबाट जोगिन नागरिक दाउरा वा घुर बालेर आगो ताप्ने बढेका छन् । विशेषगरी बाक्लो हुस्सु, कुहिरो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका बेला आगो ताप्नेक्रम पनि बढेको छ । त्यसरी आगो ताप्दा थाहै नपाई लगाएको कपडाबाट आगो सल्किएर मानिसको ज्यानसमेत गएका घटना आइरहेका छन् । केही दिनअघिमात्रै आगो ताप्दा कपडामा सल्किएर दुई जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा मात्रै त्यसरी आगो लाग्दा कपडामा आगो सल्किएर चार जनासहित पाँच… पुरा पढौ

बागलुङका सिडिओसहित ५ लाई भ्रष्टाचार मुद्दा

पर्वतको कुस्मा नगरपालिका–७ खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवनमा ठेक्का प्रक्रिया, भुक्तानी र अनुगमनमा गम्भीर अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड १३ लाख ४४ हजार २ सय १६ रुपैयाँ ८६ पैसा बिगोसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । अख्तियारले कुस्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङ, तत्कालीन लेखा अधिकृत कृष्ण प्रसाद शर्मा, तत्कालीन इन्जिनियर आशिष शाक्य, मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्स र… पुरा पढौ

राष्ट्रपति पौडेलकी छोरी संज्ञा कांग्रेसको समानुपातिकमा

राष्ट्रपति रामचन्द्र पौडेलकी माइली छोरी संज्ञा पोखरेल पौडेल कांग्रेसको समानुपातिक उम्मेदवार सूचीमा परेकी छन् । कास्कीबाट महिलामा पौडेलको नाम छ । उनी कास्की क्षेत्र नम्बर १ बाट खुला महिलातर्फ उम्मेदवारी दिएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन् । कांग्रेसबाट समानुपातिकमा आइबहादुर गुरुङको नाम पनि छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं