मुख्य समाचार

महाधिवेशन गर्ने नै हो भने मैले रोक्ने कुरा हुँदैन : देउवा

चुनावमा असर नपरोस् भनेर महाधिवेशन अघि नबढाउन सुझाएँ, गर्छन् भने जेसुकै गरुन्: देउवा देश सञ्चार१२ मिनेट पहिले 161Shares अ+ अ अ- काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको मुखमा महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाले चुनावी परिणाममा नकारात्मक असर पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्। आफूले पार्टीका नेताहरूलाई यस्तो सुझाव दिँदै आएको भए पनि महाधिवेशन अगाडि नै गर्ने निर्णय भए त्यसमा अवरोध नगर्ने उनले स्पष्ट पारे। मङ्गलबार काठमाडौँमा पत्रकारहरूसँगको भेटघाटमा देउवाले १५औँ… पुरा पढौ

कुलमान अब रास्पा उपसभापति, बलियो बन्यो नयाँ शक्ति

rsp rsp
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी (उनेपा) र बालेन्द्र शाहबीच एकतासम्बन्धी त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ । आज उहाँहरूबीच आज भएको सहमतिअनुसार पार्टीको नेतृत्व संरचनामा केन्द्रीय सभापति रवि लामिछाने र उपसभापति कुलमान घिसिङ रहनुहुने छ । यस्तै, अन्य उपसभापतिमा डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले रहने उल्लेख छ । रास्वपा सभापति रवि लामिछाने र उनेपा अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गर्नुभएको समझदारी पत्रमा मा बालेन्द्र शाहले साक्षीका रूपमा हस्ताक्षर गर्नुभएको छ… पुरा पढौ

नेपाली कम्युनिस्ट पार्टीसँग नागरिक उन्मुक्ति पार्टीको एकता

नेपाली कम्युनिस्ट पार्टीसँग रन्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच एकता भएको छ।  सोमबार पार्टी एकतासम्बन्धी १० बुँदे सहमति पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले हस्ताक्षर गरेका हुन्। पुरा पढौ

अस्थायी मतदाता संकलन गरिने, को कोले मतदान गर्न पाउँछन् ?

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता सङ्कलन सुरु गर्ने भएको छ । आयोगले मतदाता नामावली ऐन, २०७३ को दफा ३० तथा अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२ बमोजिम आयोगबाट अस्थायी मतदाता नामावली सङ्कलन कार्यक्रम स्वीकृत गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अस्थायी मतदाता नामावलीमा नाम समावेश हुने मतदाताको विवरण यही पुस १९ देखि आगामी माघ १८ गतेसम्म सम्बन्धित निकायका… पुरा पढौ

१ करोड ८९ लाख मतदाताले छान्नेछन् प्रतिनिधिसभा सदस्य

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता समावेश हुने भएका छन् । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरी सो विवरणको जानकारी दिएको हो । प्रकाशित अन्तिम नामावलीअनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य दुई सय मतदाता समावेश छन् । सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्नेगरी अन्तिम मतदाता… पुरा पढौ

निर्वाचनमा जान सबै दल तयार

फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दल तयार भएका छन्। शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाउनुभएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। बैठकपछि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभयो, ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ। कांग्रेस पनि रेडी छ। एमाले पनि रेडी छ । अरु दल पनि रेडी छन् । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।’ बैठकमा… पुरा पढौ

अंग्रेजी नयाँ वर्षमा महोत्सव गर्दै पोखरा

अंग्रेजी नयाँ वर्षको आगमनसँगै पोखरा फेरि उत्सवमय बन्ने भएको छ । पर्यटकीय नगरी पोखराको लेकसाइड क्षेत्रमा हरेक वर्ष आयोजना हुँदै आएको पोखरा सडक महोत्सव यस पटक पनि भव्य रूपमा सञ्चालन हुने तयारी अन्तिम चरणमा पुगेको छ । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको आयोजनामा हुन लागेको २७ औँ संस्करणको महोत्सव आइतबारदेखि पुस १७ गतेसम्म चल्नेछ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सवमा लेकसाइडको खहरेदेखि… पुरा पढौ

बालेनको राजनीतिक छलाङ: ‘देश विकास पार्टी’मार्फत देशव्यापी चुनाव लड्ने तयारी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै नयाँ राजनीतिक समीकरण बनाउन तीव्रता दिएका छन् । उनी अब संसदीय राजनीतिमा सक्रिय हुने भएका हुन् । यसका लागि उनले विभिन्न दलका नेता, जेनजी प्रतिनिधि र पूर्वविवेकशील साझाका सदस्यहरुसँग सहकार्य अघि बढाएका छन् । ललितपुरको कुपण्डोलस्थित कुमार व्यञ्जनकारको निवासमा बालेनले दुई दिनदेखि लगातार छलफल गरिरहेका छन् । उनले सबै नयाँ शक्ति मिलेर एकीकृत रूपमा चुनाव लड्न आह्वान गरेका छन्… पुरा पढौ

जेनजी आन्दोलनमा ध्वस्त गण्डकी प्रदेशसभा माटेपानी सारियो

जेनजी आन्दोलनका क्रममा भवन ध्वस्त भएपछि भवनविहीन गण्डकी प्रदेशसभा सचिवालय पोखरा–१२, माटेपानी सारिएको छ । पोखरा–३, नदीपुरमा रहेको प्रदेशसभा सचिवालय, सभाहल, दलका कार्यालय र सवारीहरुसमेत आन्दोलनका क्रममा ध्वस्त भएका थिए । २०७५ साल भदौमा निर्माण सम्पन्न भएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको भवनमा प्रदेशसभा सचिवालय सारिएको हो । प्रदेश सरकारले प्रशासनिक पुनर्संरचनाका क्रममा निर्देशनालय खारेज गरेपछि भवन खाली थियो । त्यही भवनमा सचिवालय सञ्चालन गरिएको सभामुख कृष्णप्रसाद धितालले बताउनुभयो ।… पुरा पढौ

निर्वाचन आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता २०८२ को मस्यौदा

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले अधिकार प्रयोग गरी आयोगले आचारसंहिताको मस्यौदा सल्लाह, सुझावका लागि जारी गरेको हो ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं