नारायणकाजी श्रेष्ठ सर्लाही ३ बाट चुनाव लड्ने

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ आगामी प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–३ बाट उम्मेदवार बन्ने भएका छन्।

राष्ट्रियसभाको कार्यकाल पूरा गरी बिदा हुन लागेका श्रेष्ठ प्रतिनिधिसभा निर्वाचनमा होमिन लागेका हुन्। उनकाे सचिवालयका अनुसार पार्टी निर्णयअनुसार उनी सर्लाही–३ बाट उम्मेदवारी दिने तयारीमा छन्।

नेकपाले सर्लाही जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गर्दा श्रेष्ठलाई पहिलो प्राथमिकतामा राखेको थियो। पार्टीको केन्द्रीय रणनीतिअनुसार अनुभवी र प्रभावशाली नेताका रूपमा श्रेष्ठलाई सर्लाही–३ बाट अघि सारिएको बताइएको छ।

सर्लाही–३ मा सम्पन्न अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका हरिप्रसाद उप्रेती विजयी भएका थिए।