चक्रे मिलन गोरखा २ बाट एमाले उम्मेदवार

नेकपा एमालेले मिलन गुरूङ (चक्रे मिलन)लाई आगामी प्रतिनिधि सभा चुनावका लागि उम्मेदवार बनाएको छ। 

शनिबार बसेको एमाले सचिवालय बैठकले अधिकांश जिल्लामा उम्मेदवार टुंगो लगाउँदा गोरखा-२ मा उनलाई उठाउने निर्णय गरेको हो।चक्रे मिलनको विगतको पृष्ठभूमि विवादित रहेको छ।