नेकपा (माओवादी) कास्कीबाट एकल सिफारिस

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) यही फागुनमा हुने प्रतिनिधिसभा सदस्यका लागि कास्कीमा उम्मेदवार सिफारिस गरेको छ । माओवादी कास्कीले यहाँका तीन वटै निर्वाचन क्षेत्रमा एकल सिफारिस गरेको छ ।

कास्की निर्वाचन क्षेत्र नं १ मा कुमार परियार, क्षेत्र नम्बर २ मा सावित्रा गुरुङ दुरा र क्षेत्र नम्बर ३ मा किसानसिं गुरुङलाई सिफारिस गरिएको छ । परियार नेकपा (माओवादी) केन्द्रीय सदस्य एवं श्रमिक समुदाय मोर्चा नेपालका गण्डकी प्रदेश इन्चार्ज हुन् ।

निर्वाचन क्षेत्र नं २ मा सिफारिस भएकी दुरा पार्टीको पोलिटब्युरो सदस्य एवं कास्की जिल्ला इन्चार्जसमेत हुन् । उनी पहिलो संविधानसभा सदस्यसमेत हुन् । क्षेत्र नम्बर ३ मा उम्मेदवार सिफारिसमा परेका किसान सिं गुरुङ नेकपा (मनओवादी)का केन्द्रीय प्रतिनिधि सदस्य एवं तमु मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष हुन् ।

गएको स्थानीय तह निर्वाचनमा गुरुङ सोही पार्टीबाट पोखरा महानगरको मेयरका उम्मेदवार थिए । माओवादी कास्कीले समानुपातिकतर्फ गौमति गुरुङलाई सिफारिस गरेको छ ।

नेकपा ( माओवादी)की केन्द्रीय प्रतिनिधि सदस्य गुरुङ मजदुर संगठनकी केन्द्रीय सदस्यसमेत हुन् । गुलाबको फूल चुनावचिह्न पाएको नेकपा (माओवादी) पहिलो पटक निर्वाचनमा होमिन लागेको हो ।