स्वास्थ्य

के हो दृष्टिदोष ? बालबालिकामा हुने दृष्टि दोषका ५ लक्षण र उपचार

आँखाले देखेको वस्तुको आकृति आँखाको भित्र रेटिनामा बन्दछ। आँखाले कुनैपनि वस्तुलाई राम्ररी देख्न वा छुट्टाउन नसक्ने समस्यालाई दृष्टिदोष भनिन्छ। यस्तो समस्या बालबालिकामा बढी भएको देखिन्छ । लक्षण पढ्न नसक्नुधमिलो देख्नुटाढा वा नजिकको वस्तु राम्ररी नदेख्नुटाउको दुख्नुआँखा डेढो हुनु उपचार  समयमा नै गरिएको दृष्दिदोषको उपचारले सम्भावित आँखाको अल्छीपना तथा अन्धोपन हुनबाट बचाउँछ। त्यसकारण नजिकैको आँखा केन्द्र वा आँखा असपतालमा गएर आँखाको उपचार गराउनु पर्छ। आँखाको जाँच गराई चिकित्सकको सल्लाह अनुसार चस्माको… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य प्रयोगशाला

गण्डकी प्रदेशको राजधानी पोखरामा प्रदेश सरकारले अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको स्वास्थ्य प्रयोगशाला स्थापना गर्ने भएको छ । आइतबार प्रदेशसभा बजेट पेश गर्दै आर्थिक मामिला तथा योजना मन्त्रीले यसका लागि बजेट व्यवस्था गरेको जनाएका हुन् । उनले खोप कोषलाई निरन्तरता दिन थप ५० लाख व्यवस्था गरेको जनाए । क्यान्सर, मुटु र मृगौला रोगको उपचारको लागि प्रदेशभित्र अत्याधुनिक र सुविधा सम्पन्न विशिष्टिकृत अस्पताल स्थापना गर्ने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ ।… पुरा पढौ

पोखरा १७ मा ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच

पोखरा महानगरको आयोजनामा पोखरा १७ मा शनिबार ज्येष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य शिविर भएको छ । शिविरमा २ सय ४८ जनाको स्वास्थ्य जाँच भएको छ । तीमध्ये २ सय १० जनाको आँखा जाँच गरिएको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले ज्येष्ठ नागरिक भक्ति थापालाई बिरामी पुर्जा र पुष्प गुच्छा दिई शिविर सुरुआत गरेका थिए । उनले धूमपान, मद्यपान जस्ता कुलत त्यागी स्वास्थ्यको विषयमा सजग बन्न आग्रह गरे ।… पुरा पढौ

लेडी जेसिजको सप्ताहव्यापी कार्यक्रममा ३ सयको स्वास्थ्य जाँच

पोखरा लेडी जेसिजको सप्ताहव्यापी कार्यक्रमको दोस्रो शनिबार निशुल्क स्वास्थ्य सिविर आयोजना गरिएके छ । पोखरा वडा नं. २४ को सहकार्यमा कास्कीकोटमा भएको शिविरमा करिब ३ सय जनाको स्वास्थ्य जाँच गरिएको छ । कास्कीकोटका वासिन्दालाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो । पोखरा लेडी जेसिजका अध्यक्ष सपना गिरीको अध्यक्षता भएको कार्यक्रममा पोखरा २४ का कार्यवाहक अध्यक्ष अग्निधर त्रिपाठी, हाम्रो परिवर्तन नेपालका अध्यक्ष डा. ढाका श्रेष्ठ, पोखरा लेडी जेसिजका सचिव लक्ष्मी अधिकारी,… पुरा पढौ

प्रेसक्रिप्सन बिना औषधि बेच्ने २ पक्राउ

काठमाडौं महानगरपालिका-४, सुकेधारास्थित बिटेरी फार्मेसी र निलो पुलस्थित भैलबम फार्मेसीमा चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि बेचिरहेको अवस्थामा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बिटेरी फार्मेसीका सञ्चालक सुकेधारा बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका-२ घर भएका ३७ वर्षीय बिनोद कुमार राउत र भैलबम फार्मेसीका सञ्चालक काठमाडौं महानगरपालिका-४, निलोपुल बस्ने नन्दबहादुर विष्ट रहेका छन्। महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले दुवै फार्मेसीमा प्रेसक्रिप्सन बिना औषधि बेचिरहेको फेला पारेपछि दुवै… पुरा पढौ

रक्तदान गर्नु फाईदा कि बेफाईदा ? बुज्नुहोस्

केही मानिसमा कस्ता व्यक्तिले रक्तदान गन सक्छ? रक्तदान गरेपछि शरीरमा अन्य प्रभाव पर्छ कि भन्ने डर हुन्छ। तर त्यस्तो केही हुँदैन। महादान मानिने रक्तदानले शरीरको स्वास्थ्यका लागि आश्चर्यजक फाइदा गर्छन्। सामान्यतः १६ वर्षभन्दा बढी र ५० किलोग्रामभन्दा बढी तौल भएका व्यक्ति रक्तदान गर्न योग्य मानिन्छन्।  मुटुका लागि फाइदाजनक रक्तदान मुटुका लागि राम्रो मानिन्छ। नियमित समयको अन्तरमा रक्तदान गर्ने हो भने शरीरमा आइरनको मात्रा सन्तुलित रहन्छ भने रक्तदातालाई हृदयाघातको खतराबाट पनि… पुरा पढौ

डेंगुको संक्रमण अझ बढ्न सक्ने, कुन कुन जिल्लामा फैलियो ?

यसपटक मनसुनअगावै डेंगु फैलिएकाले संक्रमण अझ बढ्न सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । धरानमा व्यापक भइसकेको डेंगु बिस्तारै मोरङ र झापामा समेत फैलिएपछि संक्रमण बढ्न सक्ने चेतावनी दिएका हुन् । गत वर्ष दसैँ–तिहारतिर राजधानीको बालाजु क्षेत्र र पोखरामा डेंगु संक्रमण देखिएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार डेंगुको कुनै विशिष्ट उपचार छैन । छिटो रोग पत्ता लगाउनुका साथै उचित चिकित्सकीय हेरचार पु¥याउन सके मृत्युदर १ प्रतिशतभन्दा कम हुनसक्छ… पुरा पढौ

पत्थरीको अपरेशन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु , अस्पताल तनावग्रस्त

राजधानीको एक अस्पतालमा पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर एक जना विरामीको मृत्यु भएको छ । सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको चावहिलमा रहेको ओम अस्पतालमा पत्थरीको अपरेशन गर्दा आन्द्रा काटिएर मृत्यु भएको हो । गत शुक्रबार पित्तथैलीमा भएको पत्थरीको अपरेशन भएको थियो । अपरेशनपछि निको हुनुको साटो झन् च्यापेपछि चेकअप गर्दा आन्द्रामा प्वाल परेको भेटिएको थियो । उपचारकै क्रममा बिहीबार अस्पतालले मृत घोषणा गरेको मृतकका आफन्तहरुले जनाएका… पुरा पढौ

नवजात शिशु र सुत्केरीलाई सरसफाइ प्रोत्साहन भत्ता

बझाङको छविसपाथिभेरा गाँउपालिका–२ ले नवजात शिशु र सुत्केरीलाई सरसफाइ प्रोत्साहन भत्ता दिने गरेको छ। मासिक रुपमा ३ सयका दरले ६ महिनासम्म सुत्केरी र नवजात शिशुको सरसफाइका लागि भत्ता उपलब्ध गराउँदै आएको छविसपाथीभेरा गाउँपालिका– २ का वडा अध्यक्ष विकास अयडीले बताएका छन् । वडा कार्यालयले उपलब्ध गराउने मासिक ३ सय रुपैयाँले यहाँका सर्वसाधारण महिलालाई राहत पु¥याएको स्थानीय बासिन्दाले बताएका छन्। सरसफाइमा सुधार गर्ने र नवजात शिशु र सुत्केरीलाई सरसफाइमा सुधार पुगोस्… पुरा पढौ

सरकारीका डाक्टरले बिरामी निजीमा किन पठाए ?

प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा सांसदले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न पुगेका बिरामीलाई त्यहाँ कार्यरत चिकित्सकले निजी अस्पतालमा पु¥याउने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गरे । यस्तो प्रवृत्तिले सरकारी अस्पतालको खिल्ली उठाएको भन्दै उहाँहरूले तत्काल अस्पतालभित्रको विकृति अन्त्य गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गराए । यसैगरी सुदूरपश्चिमका विभिन्न जिल्लामा हालैको हावाहुरीका पीडितलाई अहिलेसम्म राहत पुुग्न नसकेकामा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल राहत तथा पुनःस्थापनाका कार्यक्रम ल्याउनसमेत उनीहरुले माग… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं