काठमाडौं महानगरपालिका-४, सुकेधारास्थित बिटेरी फार्मेसी र निलो पुलस्थित भैलबम फार्मेसीमा चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि बेचिरहेको अवस्थामा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बिटेरी फार्मेसीका सञ्चालक सुकेधारा बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका-२ घर भएका ३७ वर्षीय बिनोद कुमार राउत र भैलबम फार्मेसीका सञ्चालक काठमाडौं महानगरपालिका-४, निलोपुल बस्ने नन्दबहादुर विष्ट रहेका छन्।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले दुवै फार्मेसीमा प्रेसक्रिप्सन बिना औषधि बेचिरहेको फेला पारेपछि दुवै जनालाई पक्राउ गरेको हो।




