स्वास्थ्य

पुरुष नर्सद्वारा ८५ बिरामीको हत्या

जर्मनीका अस्पतालमा ८५ जना बिरामीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका एक जना पूर्व नर्सलाई आजीवन कैदको सजाय सुनाइएको छ । ओल्डेनवर्गको अदालतका न्यायाधीश सेब्यास्टियन ब्युर्मेनले ८५ जना बिरामीको हत्याको अभियोग लागेको पूर्व नर्स निल्स हुगललाई आजीवन कैदको सजाय सुनाएका हुन् । पूर्व नर्स हुगलले दुई वटा अस्पतालका ८५ जना बिरामीको हत्या गरेको ठहर अदालतले गरेको हो । यसअघि पनि दुई जनाको हत्या गरेको अपराधमा सजाय काटिरहेका हुगलले सन् १९९९… पुरा पढौ

सर्पले टोक्यो भने के गर्ने, के नगर्ने ?

गर्मी महिनामा सर्पदंशका घटना निकै बढ्छन्। खासगरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन्। अमेरिकामा हरेक वर्ष ८ हजार मानिसहरु सर्पले टोकेर  अस्पताल पुग्छन्। तीमध्ये ५ जनाको मृत्यु हुने गरेको छ। अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन्। सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथै तन्तुहरुलाई क्षति पु¥याउँछन्। यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछन्। अमेरिकी चिकित्सकले सर्पले टोक्दा के गर्ने र के नगर्न भन्ने विषयमा केही सल्लाह दिएका छन्।  के गर्ने… पुरा पढौ

मेडिकल कलेज सञ्चालक भन्छन्– तोकेभन्दा बढी शुल्क लिएकै हो

विद्यार्थीसँग बढी शुल्क असुलेर विवादमा तानिएका मेडिकल कलेजहरूले तोकेभन्दा बढी शुल्क लिएको स्वीकार गरेका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिले बुधबार डाकेको छलफलमा सहभागी मेडिकल कलेज सञ्चालक तथा प्रतिनिधिले सरकारले निर्धारण गरेभन्दा बढी शुल्क लिएको खुलेआम स्विकारेका हुन् । उनीहरूले सरकारले तोकेको शुल्कमा कलेज चलाउन नसक्ने बताए । ‘महँगी बढेको छ । फ्याकल्टी पाइँदैन । त्यसैले थोरै पैसामा मेडिकल कलेज चलाउन मुस्किल पर्छ,’ जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डेले भने । विराट मेडिकल कलेजका अध्यक्ष… पुरा पढौ

गण्डकीका डेन्टल हाइजिनिस्ट संगठित, अध्यक्षमा सुवास सुवेदी

गण्डकी प्रदेशका विभिन्न जिल्लामा कार्यरत डेन्टल हाइजिनिस्टहरु संगठित भएका छन् । नेपाल डेन्टल साइन्स हाइजिनिस्ट एसोसियसनले प्रदेश स्तरको कमिटी गठन गरेको हो । विगतको क्षेत्रीय कमिटीको संरचनलाई अहिले प्रदेशिक रुप दिइएको हो । गण्डकीका सिडिएस, डिएच, डिएको भेलाबाट अध्यक्षमा सुवास सुवेदी, प्रथप उपाध्यक्ष रमेश जिएम, द्वितीय उपाध्यक्ष परमेश्वर सुवेदी, महासचिव युवराज पौडेल, सचिव दशमी गुरूङ र कोषाध्यक्ष रूद्र ढकाल चुनिए । संस्थाका सदस्यमा नारायण वाग्ले, बिरू नेपाली, डन्डापानी चापागाई, रीना… पुरा पढौ

अस्पतालमा शिशु उपचार कक्ष सञ्चालनमा

बेनी अस्पतालमा शिशु उपचार कक्ष सञ्चालन गरिएको छ । अस्पतालमा नवजात शिशुलाई अरु बच्चासँगै राखेर उपचार गर्दा सङ्क्रमणको जोखिम हुने भएकाले दुई श्यया क्षमताको छुट्टै कक्ष सञ्चालनमा ल्याएको हो । यो कक्षमा २८ दिनसम्मका शिशुलाई राखेर उपचार गर्न सकिने सुविधा रहेको समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । अक्सिजन, न्यानोका लागि हिटरलगायतका उपकरणको समेत व्यवस्था गरिएको छ । शिशु उपचार कक्ष स्थापनाका लागि करीब साढे रु तीन लाख खर्च भएको छ… पुरा पढौ

मेडिसिटीमा देशमै पहिलो पटक फोक्सोको ट्युमर बिनाशल्यक्रिया निकालियो

नेपालमै पहिलो नेपाल मेडिसिटी अस्पताल ललितपुरमा बिना शल्यक्रिया फोक्सोमा रहेको ट्युमर निकालिएको छ । १ २० वर्षीय युवकको फोक्सोको ट््युमरलाई सर्जरीको विकल्पमा ‘माइक्रोवेभ एब्लेसन प्रक्रियाबाट निकालिएको मेडिसिटीका महाप्रबन्धक विजय रिमालले जानकारी दिए । माइक्रोवेभ एब्लेसनबाट कलेजो, फोक्सो, थाइरोइड ग्रन्थी तथा हड्डी लगायतका स्थान ३ देखि ५ सेन्टिमिटरका ट्युमरको शल्यक्रिया बिना उपचार गर्न सकिन्छ । सुुईको प्रयोगबाट ट्युमर निराकरण गरिन्छ । यो उपचारमा संलग्न चिकित्सकमध्येका एक डा. ओमबिजु पन्तका नेपालमा कही… पुरा पढौ

सधै स्वस्थ जीवनशैली बाच्न यी ९ सुत्र अपनाउनुस्

स्वस्थ जीवनशैलीका केही आधारहरु यी हुन् : १. निन्द्रा : निन्द्रा स्वस्थ जीवनशैलीको एउटा अभिन्न पाटो हो। शरीरलाई आराम प्रदान गर्न, उर्जा दिन र भोलिपल्ट अझै बढी फूर्तिलो भएर काम गर्न शरीरलाई निन्द्रा आवश्यक हुन्छ। व्यस्त जीवनशैलीका कारण केही मानिस पर्याप्त निन्द्रा पाउन सक्दैनन्। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार पर्याप्त सुत्न नपाउने मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुका साथै मानसिक समस्या उत्पन्न हुने खतरा हुन्छ। २. पानी : पानी सम्पूर्ण जीवित… पुरा पढौ

नेपालमै पहिलो पटक फोक्सोमा रहेको ट्युमरको बिना शल्यक्रिया उपचार

नेपालमै पहिलो पटक एक २० वर्षीय युवकको फोक्सोको ट््युमरलाई सर्जरीको विकल्पमा ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘ अर्थात बिना शल्यक्रियानै उपचार गरिएको छ । उपचारमा संलग्न चिकित्सक डा. ओम बिजु पन्तका अनुसार नेपालमै पहिलो पटक सिटी स्क्यान गरी सामान्य एनेस्थेसीयाको प्रयोगमा सानो आकारको ट्युमरको उपचार गरिएको हो । माइक्रोवेभ एब्लेसन प्रविधिद्धारा कलेजोमा रहेको ट्युमरको उपचार गरेको पाइए पनि फोक्सोमा भएको ट्युमरको लागि यो पहिलो सफलता हो । यसवाट कलेजो, फोक्सो, थाइरोइड ग्रन्थी तथा… पुरा पढौ

तपाई बस्ने कुर्सी नै महाशत्रु: कसरी बस्ने ?

मानिस फिरन्ते र शारीरिक परिश्रम गर्ने जाति हो। आफ्नो विकासक्रमका पछिल्ला दसौं हजार वर्ष मानिसको दैनिकी शिकार गरेर, खेतिपाती गरेर, हिड्डुल र शारीरिक परिश्रम गरेर बितेको छ। पछिल्ला हजारौ वर्षमा मानिसको शरीरको ‘जिन’ पनि त्यसरीनै विकास भएको छ- हिडडुल र परिश्रम गर्नका लागि। तर औद्योगिक क्रान्ति र सेवा क्षेत्रको विस्तारसँगै शहरी क्षेत्रको बिस्तार भएको छ। मानिसले गर्ने काम र रोजगारीको प्रकृति बदलिएको छ। मानिस अब धेरै जसो समय कुर्सीमै बसेर… पुरा पढौ

सुतेको बेला र्‍याल निस्केर हैरान हुनुहुन्छ ? निदानका उपाय

मानिसहरू जागा रहँदाभन्दा निदाएको समय धेरै र्‍याल काढ्ने गर्छन् । निदाउँदा अक्सर मानिसले मुखबाट सास फेर्ने गर्छन् जसकारणले र्‍याल बग्न थाल्छ । विशेषगरी खाने वा पिउने चिजको एलर्जी अथवा कुनै ‌औषधीको कारण कहिलेकाहीं धेरै र्‍याल उत्पादन हुन्छ । यदि तपाइँ सुत्दा र्‍याल बग्ने समस्याबाट पीडित हुनुहुन्छ भने यी घरेलु ‍ओखती वा उपाय उपयोगी हुनजान्छ । जुन व्यक्तिको अधिक र्‍याल बग्ने समस्या छ, त्यस व्यक्तिले ढिला पच्ने खानाबाट टाढै बस्नु राम्रो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं