गण्डकीका डेन्टल हाइजिनिस्ट संगठित, अध्यक्षमा सुवास सुवेदी

गण्डकी प्रदेशका विभिन्न जिल्लामा कार्यरत डेन्टल हाइजिनिस्टहरु संगठित भएका छन् । नेपाल डेन्टल साइन्स हाइजिनिस्ट एसोसियसनले प्रदेश स्तरको कमिटी गठन गरेको हो । विगतको क्षेत्रीय कमिटीको संरचनलाई अहिले प्रदेशिक रुप दिइएको हो ।

गण्डकीका सिडिएस, डिएच, डिएको भेलाबाट अध्यक्षमा सुवास सुवेदी, प्रथप उपाध्यक्ष रमेश जिएम, द्वितीय उपाध्यक्ष परमेश्वर सुवेदी, महासचिव युवराज पौडेल, सचिव दशमी गुरूङ र कोषाध्यक्ष रूद्र ढकाल चुनिए । संस्थाका सदस्यमा नारायण वाग्ले, बिरू नेपाली, डन्डापानी चापागाई, रीना पराजुली र निराजन जोशी छन् ।

संस्थाले पारामेडिसिन विद्यार्थीदेखि व्यावसायीक एवं सेवा केन्द्रमा देखिने समस्या समाधानमा सघाउँदै दाँत तथा मुख स्वास्थ्यबारे सचेतना जगाउने महासचिव युवराज पौडेलले बताए ।