नेपालमै पहिलो नेपाल मेडिसिटी अस्पताल ललितपुरमा बिना शल्यक्रिया फोक्सोमा रहेको ट्युमर निकालिएको छ । १ २० वर्षीय युवकको फोक्सोको ट््युमरलाई सर्जरीको विकल्पमा ‘माइक्रोवेभ एब्लेसन प्रक्रियाबाट निकालिएको मेडिसिटीका महाप्रबन्धक विजय रिमालले जानकारी दिए ।
माइक्रोवेभ एब्लेसनबाट कलेजो, फोक्सो, थाइरोइड ग्रन्थी तथा हड्डी लगायतका स्थान ३ देखि ५ सेन्टिमिटरका ट्युमरको शल्यक्रिया बिना उपचार गर्न सकिन्छ । सुुईको प्रयोगबाट ट्युमर निराकरण गरिन्छ ।
यो उपचारमा संलग्न चिकित्सकमध्येका एक डा. ओमबिजु पन्तका नेपालमा कही कही यस प्रविधिद्वारा कलेजोमा रहेको ट्युमरको उपचार गरेको पाइए पनि फोक्सोमा भएको ट्युमरको लागि यो पहिलो सफलता हो । सिटी स्क्यान गरी सामान्य एनेस्थेसीयाको प्रयोगमा सानो आकारको ट्युमरको उपचार गरिएको हो ।
आइतबार माइक्रोवेभ एबलेसन प्रक्रियामा नेपाल मेडिसिटी अस्पतालका रेडियोलोजी विभाग प्रमुख प्रा. डा. रामकुुमार घिमिरे, सोही विभागका डा. ओमबिजु पन्त तथा एनेस्थिेसेलोजीष्ट डा. अपूर्व शर्मा सहभागी थिए । उपचारपश्चात बिरामीलाई सोमबार नै डिस्चार्ज गरिएको छ ।




