पोखरा १७ मा प्राथमिक उपचार प्रशिक्षण

कास्की जिल्ला नेपाल रेडक्रस सोसाइटीको आयोजनामा र पोखरा १७ शाखाको व्यवस्थापनमा मंगलबार आधारभूत प्राथमिक उपचार प्रशिक्षण सुरु भएको छ । कार्यक्रममा गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले कास्की रेडक्रस सोसाइटीले माननीय सेवामा उल्लेख्य काम गरेको बताइन् ।

कास्की रेडक्रस सभापति डोलराज पाण्डेले समाजलाई सही दिशामा अगाडि बढाउन र दुखमा साथ दिन रेडक्रस तयार रहेको बताए । कार्यक्रममा जिल्ला रेडक्रस सोसाइटी कास्की उपसभापति कृष्ण तिमिल्सिना, डण्डराज शर्मा, उपमन्त्री उर्र्मीला खड्का, पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, महानगरपालिका बोर्ड सदस्य राधिका शाही योगी, पोखरा ९ रेडक्रस सोसाइटी उपसभापति प्रकाश शर्मा लगायतले बोलेका थिए ।

झपिन्द्रराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमा हरिप्रसाद श्रेष्ठ र हरि लम्सालले पनि बोलेका थिए । प्रशिक्षण ४ दिन चल्नेछ ।