पोखरा लेडी जेसिजको सप्ताहव्यापी कार्यक्रमको दोस्रो शनिबार निशुल्क स्वास्थ्य सिविर आयोजना गरिएके छ । पोखरा वडा नं. २४ को सहकार्यमा कास्कीकोटमा भएको शिविरमा करिब ३ सय जनाको स्वास्थ्य जाँच गरिएको छ ।
कास्कीकोटका वासिन्दालाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो । पोखरा लेडी जेसिजका अध्यक्ष सपना गिरीको अध्यक्षता भएको कार्यक्रममा पोखरा २४ का कार्यवाहक अध्यक्ष अग्निधर त्रिपाठी, हाम्रो परिवर्तन नेपालका अध्यक्ष डा. ढाका श्रेष्ठ, पोखरा लेडी जेसिजका सचिव लक्ष्मी अधिकारी, अनिता, कार्यकारिणी उपाध्यक्ष शोभा भुजेल लगायतले बोलेका थिए ।
हाम्रो परिवर्तन नेपालको प्रविधिक सहयोगमा भएको सिविरमा मेडिकल, हाडजोर्नी, नशा, स्त्री रोग, बालरोग सम्बन्धी परीक्षणसँगै औषधी, ल्याब टेस्ट, इसिजी पनि गरिएको सूचना संयोजक सुनीता भुजेल जानकारी दिइन् ।




