स्वास्थ्य

मेडिसिटीमा आजदेखि बिरामीको सुरक्षाबारे अन्तर्राष्ट्रिय सम्मेलन

नेपाल मेडिसिटी अस्पतालले सामाजिक उत्तरदायित्व वहन गर्दै बिरामीको सुरक्षाबारे अन्तर्राष्ट्रिय सम्मेलेन गर्ने भएको छ । सम्मेलनको तयारी पूरा भएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा ग्रुप अफ टेक्निकल असिस्टेन्ससंगको सहकार्यमा हुने सम्मेलन शुक्रबार र शनिबार चल्नेछ । ललितपुरमा हुने सम्मेलनमा उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पनि सम्बोधन गर्ने छन् । पछिल्लो समय बिरामीको सुुरक्षा विश्वव्यापी विषय बन्दै आएको छ ।… पुरा पढौ

अस्पतालमा डाक्टरकी श्रीमतीको हत्या, छोरा गम्भीर घाइते

रौतहट यमुनामाई गाउँपालिका–३ घर भएकी २७ वर्षीया सुप्रिया भारतीको हथौडा प्रहारबाट बिहीबार दिउँसो हत्या गरिएको छ।  सर्लाही मलंगवा नगरपालिका–९ स्थित आँखा केन्द्र अस्पताल मलंगवामा कार्यरत कार्यालय सहयोगी रौतहट बौधीमाई नगरपालिका सहर मुजुवा बस्ने ३० वर्षीय अमित कुमार बैठाले हथौडा प्रहार गर्दा सुप्रियाको घटनास्थलमै मृत्यु भएको हो।  घटनामा उनका ४ वर्षीय छोरा दिवश कुमार रजकसमेत घाइते भएका छन्। जिल्ला अस्पताल मलंगवामा सामान्य उपचारपश्चात् उनलाई थप उपचारका लागि नेसनल मेडिकल कलेज वीरगन्ज रिफर गरिएको… पुरा पढौ

स्वतन्त्र मजदुर संगठनको स्थापना दिवसमा रक्तदान

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको वार्षिकोत्सवको अवसरमा नेपाल मेडिसिटी अस्पतालले रक्तदान आयोजना गरेको छ । ललितपुरको लगनखेलमा आयोजना गरिएको कार्यक्रममा २ सयभन्दा बढी सर्वसाधारणले रक्तदान गरेका छन् । यसअघि देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरको गरिरहेको संगठनले स्थापनाको ४० औं स्थापना दिवस मनाउँदै रक्तदान आयोजना गरेको हो । शिविरमा यस पटक नेपाल मेडिसिटीको ब्लड बैंक युनिट सहभागी थियो । आफ्नै भवनभित्र ब्लड बैंक रहेको नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले… पुरा पढौ

यसरी गर्न सकिन्छ सेतो दुवीको उपचार

प्रत्येक मानिसको शरीरमा कुनै न कुनै किसिमको रङ्ग हुन्छ । मानिस छालामा गर्भमै रहँदा एक किसिमको कोषको विकास भएको हुन्छ, जसलाई मेलानोसाइट भनिन्छ । यो एक किसिमको केमिकल हो र जसले शरीरमा रङ्ग दिने काम गर्छ । यो रंग जसको शरीरमा बढी हुन्छ त्यस्तो छालालाई कालो छाला भनिन्छ भने जसको छालामा कम हुन्त त्यस्तो छालालाई गोरो छाला भनिन्छ ।  छालामा रंगको समस्या कम भएमा सेतो दाग देखिन्छ यसलाई बोलीचालीको भाषामा… पुरा पढौ

मेडिसिटीमा शल्यक्रियाबिना स्तन ट्युमरको उपचार

३ साताअघि ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘बाट फोक्सोमा रहेको ट्युुमरको सफल उपचार गर्न सफल नेपाल मेडिसिटी अस्पतालमा स्तनमा रहेको फाइब्रोडेनोमा अर्थात ट्युमरको पनि सफल उपचार गरिएको छ । १६ वर्षिया किशोरीका दुवै स्तनमा रहेका ट्युमरलाई ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘बाटै निष्क्रिय गरिएको हो । उपचारमा संलग्न चिकित्सक डा. ओम विजु पन्तका अनुसार ती किशोरीको बायाँ स्तनमा ३ तथा दायाँमा ४ स्थानमा ट्युमोर थिए । स्तनका लागि यस किसिमको अभ्यास नेपालमा अरु अस्पतालमा नरहेको उनले… पुरा पढौ

दमौलीका कुन कुन होटलमा टाँसियो खाद्य स्वच्छता स्टीकर ?

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले दमौलीमा सञ्चालित छ वटा होटल तथा रेष्टुरेन्टमा खाद्य स्वच्छता स्टीकर टाँस गरेको छ । होटल रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ बमोजिम कार्यालयले होटल तथा रेष्टुरेन्टको वर्गीकरणका लागि ती होटल तथा रेष्टुरेण्टमा खाद्य स्वच्छता स्टीकर टाँस गरेको हो । दमौलीमा सञ्चालित प्रेरणा नेवा खाजा घर र लाङ्घाली होटलमा उत्तम 'ख', ट्रान्जिट रेष्टुरेण्ट, मटन तास घर र हाइफाइभमा सन्तोषजनक 'ग'र श्रेष्ठ खाजा घरमा सामान्य… पुरा पढौ

छोरा प्रकाशको संयोजनमा विप्लवले सञ्चालन गरे स्वास्थ्य शिविर

नेपाल कम्युनिस्ट पार्टी विप्लवले महासचिव नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्दको संयोजनमा दुईदिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ। विप्लवले महासचिव चन्दको गाँउ कपिलवस्तुस्थित शिवगढीमा गरेको पत्रकार प्रकाश डुम्रेले जानकारी दिएका हुन् । प्रकाश नेकपा विप्लवका जनस्वास्थ्यकर्मी महासंघका महासचिव समेत हुन् । शनिबार र आइतबार सञ्चालन गरिएको स्वास्थ्य शिविरलाई थप लम्ब्याउन स्थानीयले आग्रह गरेको शिविरमा सहभागी डुम्रेले बताए। उनका अनुसार शहिद स्मृति प्रतिष्ठानको अगुवाइमा गरिएको स्वास्थ्य शिविरबाट शिवराज नगरपालिकाका स्थानीयहरु लाभान्वित भएका… पुरा पढौ

उत्तम सञ्जेलविरुद्ध उर्लियो सर्वसाधारण

समता अस्पतालकी सरसफाइ कर्मचारीको शंकास्पद मृत्यु भएपछि उत्तम सञ्जेललाई पक्राउ गर्न माग गर्दै सर्वसाधारणले प्रदर्शन गरेका छन् ।  आइतबार दिउँसो महानगरिय प्रहरी वृत गौशालाको अगाडि सञ्जेललाई पक्राउ गर्न माग गर्दै एक समूहले प्रदर्शन गरेको हो ।  समता अस्पतालमा कार्यरत सरसफाइ कर्मचारी विमला तामाङले असार ३ गते आत्महत्या गरेपछि संचालक कला सञ्जेलसहित दुई कर्मचारी पक्राउ परेका थिए ।  प्रहरीले सञ्जेलसहित तीनजनालाई  गौशाला वृतमा राखेर अनुसन्धान गरिरहेको छ। रामेछापस्थित दोरम्बाकी तामाङको शव… पुरा पढौ

विश्व योग दिवस: योग अभ्यास कसरी र कति गर्ने ? यस्ता छन् उपाय

१. खाली पेट बिहान योग गर्नु सबभन्दा राम्रो हुन्छ। अन्य समयमा गर्नुपर्दा टन्न खाएको ४ घन्टापछि र हल्का खाएको दुई घन्टापछि गर्नुपर्छ। २. योग अभ्यास सकेर आधा घन्टाजति कुरेर त्यसपछि मात्र खाना खान मिल्छ। ३. हरेक दिन एउटै समय पारेर कम्तीमा २० मिनेट र बढीमा ९० मिनेटसम्म योग गर्न सकिन्छ। ४. लुगा खुकुलो एवं सजिलो हुनुपर्छ, अझ सुतिको भए उत्तम हुन्छ। ५. शान्त, सफा, हावादार तथा न्यानो ठाउँमा अभ्यास गर्नुपर्छ।… पुरा पढौ

पिजी अध्यापनका लागि पोखराले पायो ६ वटा विषयका लागि १७ सिट

नेपाल मेडिकल काउन्सिलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पोष्ट ग्राजुयट तह (पिजी)मा विद्यार्थी भर्नाका लागि ६ वटा विषयका लागि १७ सिट दिएको छ। काउन्सिलको शुक्रबार बसेको बैठकले प्रतिष्ठानलाई पिजी सिट दिने निर्णय गरेको हो। काउन्सिल स्रोतका अनुसार पोखरालाई गाइनो अब्सटेटिभ्स, अर्थोपेडिक, सर्जरी, एनेस्थेसियोलोजी र मेडिसिनमा एमडी कार्यक्रम चलाउन सिट दिइएको छ। पोखराले इन्टरनल मेडिसिनमा २, सर्जरीमा ४, स्त्री तथा प्रसूतिमा ४, पेडियाट्रीक्समा २, एनेस्थेसियामा २, अर्थोपेडिक्समा ३ सिट पाएको छ। त्यसैगरि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं