ताजा समाचार

असार १२ गते २०७६

मेडिसिटीमा आजदेखि बिरामीको सुरक्षाबारे अन्तर्राष्ट्रिय सम्मेलन

नेपाल मेडिसिटी अस्पतालले सामाजिक उत्तरदायित्व वहन गर्दै बिरामीको सुरक्षाबारे अन्तर्राष्ट्रिय सम्मेलेन गर्ने भएको छ । सम्मेलनको तयारी पूरा भएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा ग्रुप अफ टेक्निकल असिस्टेन्ससंगको सहकार्यमा हुने सम्मेलन शुक्रबार र शनिबार चल्नेछ । ललितपुरमा हुने सम्मेलनमा उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पनि सम्बोधन गर्ने छन् ।

पछिल्लो समय बिरामीको सुुरक्षा विश्वव्यापी विषय बन्दै आएको छ । अमेरिकाको नियन्त्रण तथा निवारण केन्द्रका अनुसार उपचार गर्ने क्रममा स्वास्थ्यकर्मीको भुलचुकले वर्षमा २ लाख ५० हजार बिरामीको अस्पतालमै मृत्यु हुने गरेको छ । अमेरिकामा यसरी मृत्युहुनेको संख्या मृत्युका कारणमध्ये तेश्रो नम्बरमा छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक दिन अस्पताल भर्ना हुने १० मध्ये एक बिरामीमा अस्पतालमा सुरक्षाका उपाय नअपनाउँदा नकारात्मक असर पर्ने गरेको छ । जसले सामान्यदेखि बिरामीर्ला मृत्युसम्म पनि पु¥याएको पाइन्छ । अधिकांश अवस्थामा संक्रमण देखिने, गलत शल्यक्रिया हुनु, गलत औषधि प्रयोग, औषधिको मात्रा बढी हुनु तथा अस्पतालभित्रै चोटपटक लग्ने जस्ता घटना हुन्छन् ।

नेपाल मेडिसिटीले बरामी सुरक्षालाई प्राथमिकतामा राख्दै भारतको गुणस्तरीय बोर्ड नेसनल अक्रेडिटेसन बोर्ड फर हेल्थ एन्ड हस्पिटलको अन्तर्राष्ट्रिय मान्यतासमेत प्राप्त गरिसकेको छ । यस किसिमको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपाली अस्पतालमध्ये मेडिसिटी पहिलो हो भने एनएबिएच अन्तर्राष्ट्रिय प्राप्त गर्ने संसारकै तेस्रो हो ।

बिरामीको स्वास्थ्यमा प्रभाव पार्ने प्रत्यक्ष तथा अप्रत्यक्ष क्रियाकलापबारे जान्ने अवसर यस सम्मेलनका सहभागीले पाउने मेडिसिटीका महाप्रबन्धक विजय रिमालले बताए । सम्मेलमा भाग लिन विश्व स्वास्थ्य संगठन, अमेरिका, बेलायत, जर्मनी, खाडी मुलुक, भारत लगायतका विभिन्न स्थानबाट स्वास्थ्य क्षेत्रका नेतृत्व तहका प्रतिनिधिहरु नेपाल आइसकेका छन् ।