ताजा समाचार

असार १० गते २०७६

स्वतन्त्र मजदुर संगठनको स्थापना दिवसमा रक्तदान

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको वार्षिकोत्सवको अवसरमा नेपाल मेडिसिटी अस्पतालले रक्तदान आयोजना गरेको छ । ललितपुरको लगनखेलमा आयोजना गरिएको कार्यक्रममा २ सयभन्दा बढी सर्वसाधारणले रक्तदान गरेका छन् ।

यसअघि देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरको गरिरहेको संगठनले स्थापनाको ४० औं स्थापना दिवस मनाउँदै रक्तदान आयोजना गरेको हो । शिविरमा यस पटक नेपाल मेडिसिटीको ब्लड बैंक युनिट सहभागी थियो ।

आफ्नै भवनभित्र ब्लड बैंक रहेको नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले रक्तदानले आपतकालीन अवस्थामा मानिसको ज्यान जोगाउने भएकाले संगठनसंग सहकार्य गरी रक्तदान आयोजना गरिएको बताए । अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो पनि कार्यक्रममा सहभागी भए ।

रक्तदानमा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताए ।