अर्थ, वाणिज्य

प्रदेश सरकारले भेडा मरेका कृषकलाई भेडा नै दियो

गण्डकी प्रदेश सरकारले भेडा मरेका कृषकलाई क्षतिपूर्तिका रुपमा भेडा नै उपलब्ध गराइएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ मलेयाडाँडामा रहेको घुम्ती भेडीगोठका कृषकलाई प्रदेश सरकारले २८ भेडा वितरण गरेको हो । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आकस्मिक सेवाअन्तर्गत कृषकलाई रु दुई लाख ८० हजार बराबरको सो सङ्ख्यामा भेडा सहयोग गरिएको प्रदेशसभा सदस्य धनञ्जय दवाडीले बताए । उहाँले प्रदेश सरकारको सहयोगले कृषकको मनोबल बढ्ने विश्वास ब्यक्त गरे । व्यवसायमा जोखिम… पुरा पढौ

‘गण्डकीमा संकलित राजश्वले प्रदेश चलाउन पुग्दैन’

आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख केशव उप्रेतीले गण्डकी प्रदेशमा प्रदेशलाई चलाउन पुग्ने राजश्व संकलन हुन नसकेको बताएका छन् । गण्डकी प्रदेशको राजश्वको योगदान १२ अर्ब २३ करोड रहेको जानकारी दिंदै उप्रेतीले अझै पनि प्रदेशमा नेपाल सरकारको ३५ अर्ब बराबरको अनुदान आएको जानकारी दिए । पोखरा चेम्बर अफ कमर्स कास्की र आन्तरिक राजश्व कार्यालय पोखराद्धारा आयोजित पोखरामा आर्थिक वर्ष २०७६/०७७ को बजेटले करमा भएका परिवर्तन तथा कर शिक्षा कार्यक्रममा उप्रेतीले सरकारको… पुरा पढौ

अध्यक्ष अमेरिका, आएन बजेट

अधिकांश स्थानीय तहले असार १० गतेभित्र बजेट सार्वजनिक गरे पनि गल्छी गाउँपालिकाले भने अहिलेसम्म यसबारे छलफल नै गर्न सकेको छैन् । गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ अमेरिका भ्रमणमा रहेकाले बजेट ल्याउन नसकिएको प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एडीले बताए । बजेटको तयारी नगरिकनै छोराछोरी अमेरिका बस्ने भएकाले व्यक्तिगत भेटघाटका लागि अध्यक्ष श्रेष्ठ असार ४ गते अमेरिका गएका हुन् । असार २५ गते फकर्ने गरी अमेरिका गएका अध्यक्ष श्रेष्ठले उपाध्यक्षलाई परिषद् गराउने अधिकार… पुरा पढौ

कास्कीको माछापुच्छ«े गाउँपालिकाको बजेट ५६ करोड (पढ्नुस् पूर्ण पाठ)

आदरणिय सभाध्यक्षज्यू, सभासदस्यज्यूहरु तथा पत्रकार मित्रहरु,१) नेपाल सरकारको संघिय संरचना अनुरुप स्थापना भएका ७५३ स्थानिय तहहरु मध्ये यस माछापुच्छ«े गाँउपालिकाको ५ औ गाँउसभामा आ.व. २०७६।०७७को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस गरेको छु । यस अवसरमा लोकतन्त्र प्राप्तीको विभिन्न ऐतिहासिक आन्दोलनमा आफ्नो जीवनको आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति भावपूर्णश्रद्धाञ्जली अर्पण गर्न चाहान्छु ।२) प्राकृतिक,साँस्कृतिक र विभिन्न भौगोलिक विविधतायुक्त यस गाँउपालिका लाई समृद्ध बनाउन “पर्यटन,कृषि,उर्जा र… पुरा पढौ

५ वर्षदेखि रोकिएको राहुघाट जलविद्युत् आयोजना पुन निर्माण सुरु

पाँच वर्षदेखि रोकिएको म्याग्दीस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण कार्य पुन सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले विसं २०६६ देखि शुरु गरेको आयोजनाको काम तत्कालीन ठेकेदार कम्पनी आइभिआरसियल टाट पल्टिएपछि २०७१ सालदेखि रोकिएको हो। पाँच वर्षमा करीब १० प्रतिशत मात्र काम भएको थियो । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले कम्पनी मोडलमा बन्न लागेको राहुघाटको पिप्लेस्थित अडिट नं ३ मा सुरुङ निर्माणको काम… पुरा पढौ

विहिबारको सेयर बजार: नेप्से घटेपनि कारोबार रकम भने बढ्यो

साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । आज नेप्से एक दशमलव १४ अंकले घटेर १२ सय ५७ दशमलव १५ विन्दुुमा झर्दा सेन्सिटिभ भने शुन्य दशमलव ३५ अंकले बढेर दुुई सय ७१ दशमलव १६ विन्दुमा चढेको छ ।  नेप्सेमा आज एक सय ७२ कम्पनीहरुको सात हजार छ सय ५९ वटा कारोबारमा १८ लाख ५४ हजार छ सय ७६ कित्ता सेयर खरिद विक्री भएका छन्… पुरा पढौ

सिँचाइ डिभिजन प्रमुख घुससहित प्रक्राउ

कञ्चनपुर सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख घूस रकमसहित प्रक्राउ परेका छन् । प्रक्राउ पर्नेमा प्रमुख अजित कुमार श्रीवास्तव रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले २ लाख घूससहित प्रक्राउ गरेको हो । श्रीवास्तवले भीमदत्त नगरपालिकामा पर्ने चौधर नदीको तटबन्ध निर्माणको भुक्तानी दिने क्रममा दुई लाख कमिसन माग गरेका थिए । उनले कमिसनबापत लिएको दुई लाख घूस रकम भान्सामा रहेको चामलको बोरामा लुकाएर राखेको अवस्थामा श्रीवास्तवलाई पक्राउ गरिएको… पुरा पढौ

मुलुकमै पहिलो ‘चिया परीक्षण केन्द्र’ बन्दै

मुलुकमै पहिलो पटक चियाको गुणस्तर सुधार गर्न सूर्योदय नगरपालिकामा ‘चिया परीक्षण केन्द्र’ निर्माण हुने भएको छ । चिया किसानले लामो समयदेखि चिया परिक्षण केन्द्र माग गर्दै आएपछि प्रदेश सरकारको ८० र नगरपालिकाको २० प्रतिशत साझेदारी गरि २६ करोडको लागतमा केन्द्रको भवन निर्माण हुन लागेको हो । चिया परीक्षण केन्द्र’ दुई वर्षभित्र सम्पन्न हुने केन्द्रको बहुतले भवन निर्माणका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ… पुरा पढौ

मुस्ताङ झरपझोङको नीति तथा कार्यक्रम

आगामी आर्थिक वर्ष २०७६र७७ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने घरपझोङ गाउँपालिकाको पाँचौं गाउँ सभाका अध्यक्षज्यू, गाउँसभाका सम्पूर्ण सदस्यज्यूहरू, प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरू मित्रहरू। १। सङ्‍घीय लोकतान्त्रिक शासन व्यवस्था बमोजिम स्थापित यस घरपझोङ गाउँपालिकाको पाँचौं गाउँ सभामा आर्थिक वर्ष २०७६र७७ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस गरेकोछु । २। यस अवसरमा सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलन, शसस्त्र… पुरा पढौ

कास्की मादीको सिक्लेस-कोरी केबुलकार

कास्कीको मादी गाउँपालिकामा सिक्लेस–कोरी केबुलकारको निर्माण प्रक्रिया शुरु हुने भएको छ । गाउँपालिकाको केन्द्र याङजाकोटमा आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रममा केबुलकार निर्माणलाई पालिकाको गौरवको आयोजनाका रुपमा लिइएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) जानकारी दिए । उनका अनुसार सिक्लेसको एक हजार ५०० मिटरको उचाइ भुलकुचाबाट शुरु भई तीन हजार ८०० मिटर उचाइको अन्नपूर्ण बेसक्यामस्थित कुरीमा केबुलकार सञ्चालन हुनेछ । चन्द्रागिरि केबुलकार टिमको सक्रियतामा निर्माण गरिने सिक्लेस–कोरी केबुलकारअन्तर्गत समुद्री सतहबाट… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं