अर्थ, वाणिज्य

ईपीएसमा पास भएकामध्ये आधा मात्र कोरिया जान पाउने

कोरियन भाषा परीक्षामा १२ हजार ९ जना पास भएएका थिए तर पास भएका जति सबै कोरिया जान नपाउँने भएका छन् । सन् २०२० मा दक्षिण कोरियाले ६ हजार ७ जना नेपालीलाई मात्र वैदेशिक रोजगारीका लागि लैजाने भएको हो ।यो वर्षका रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत दक्षिण कोरिया जानका लागि कोरियन भाषा परीक्षामा १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका थिए । जसमध्ये कोरियाको मानव संशाधन केन्द्रले ६ हजार ७ सय… पुरा पढौ

आजको सेयरबजार बढ्यो,कसले कति गर्यो ब्यापार ?

मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १५.६२ अङ्कले बढेर एक हजार २६८.६८ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०२ अङ्कले बढेर २७२.९८ विन्दुमा पुगेको छ ।  परिसूचक बढेसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । बुधबार कूल १७४ कम्पनीका २० लाख ६४ हजार ९१३ कित्ता शेयर रु… पुरा पढौ

धुलिखेल २ मा प्रधानमन्त्री रोजगारको रौनक

प्रधानमन्त्री रोजगार कार्यक्रम’ फितलो भयो भनेर आलोचना भईरहेका बेला धुलिखेल नगरपालिकाको वडा नंबर २ ले भने यो कार्यक्रम मार्फत उदाहरणीय काम गरेको छ । धुलिखेल नगरपालिकाको वडा नम्बर २ रविमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत मन्दिर,सडक मर्मत संभार हुदैछ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि धुलिखेल वडा नंबर २ ले चार लाख ९५ हजार रुपैयाँ बजेट पाएको छ।धुलिखेल नगरपालिकाको वडाहरु मध्ये वडा नम्बर दुई रबिले नमुना काम गरिरहेको क.ब वडा अध्यक्ष अर्जुन… पुरा पढौ

गण्डकी प्रदेश चेम्बर अफ कमर्स कार्यसमिति पूर्ण

गण्डकी प्रदेश चेम्बर अफ कमर्सको कार्यसमितिले पूर्णता पाएको छ । मंगलबार अध्यक्ष यदु अधिकारीले कमर्सको प्रथम उपाध्यक्षमा पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारलाई मनोनयन गरे । कमर्सको द्वितीय उपाध्यक्षमा चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष भाइ चन्द्र श्रेष्ठ र महासचिवमा राजु श्रेष्ठ मनोनित भएका छन् । सदस्यमा स्याङ्जा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष श्रीबहादुर गुरुङ, कास्की चेम्बर अफ कमर्सका उपाध्यक्ष यमनाथ पौडेल र तेजेन्द्र पौडेल छन् । अध्यक्ष अधिकारीले गण्डकी… पुरा पढौ

विरौटामा खुल्यो स्याडोज ब्युटी पार्लर टेनिङ सेण्टर

पोखराको ड्यामसाइडमा रहेको स्याडोज ब्युटी पार्लर एन्ड टेनिङ सेण्टरले पोखरा १७ विरौटाको सेलवेजमा शाखा खोलेको छ । शाखा सोमबार आयोजित समारोहमा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले सुरुआत गरिन् । उपप्रमुख गुरुङले शारीरिक सुन्दरताले मानसिक आत्मबल र सुन्दरता पनि झल्काउने बताइन् । सञ्चालकले एक दशकभन्दा बढीको सीप, दक्षता, अनुभवले टे«ेनिङ सेन्टरसहित ब्युटी पार्लर सञ्चालन गरेकाले यसले नेपालीलाई आत्मनिर्भर बनाउँदै उद्यमी बनाउन योगदान गर्ने उनले अपेक्षा गरिन् । उनले महिला सशक्तीकरणलाई पोखरा… पुरा पढौ

सिद्ध माविलाई सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंक लिमिटेड बुद्धचोक शाखाले पोखरा १५ फलेपाटनस्थित सिद्ध माविलाई ७५ हजारका शैक्षिक सामग्री सहयोग गरेको छ । ३० जना विद्यार्थीका लागि २ हजार ५ सयका दरले शैक्षिक सामग्रीका लागि बैंकले सहयोग गरेको बुद्धचोक शाखाका शाखा प्रमुख कमल भण्डारीले बताए । अरु ठाउँमा सहयोग गरेमा एकछिनलाई हुने तर विद्यालयमा गरे त्यसको फाइदा दीगो रुपमा गर्ने हुनाले बैंकले शिक्षामा क्षेत्रमा सहयोग गरेको उनको भनाइ छ । पोखरा १५ का वडाध्यक्ष प्रकाश… पुरा पढौ

महिन्द्राको मनसुन सर्भिस क्याम्प १८ देखि २० गतेसम्म

पोखरामा महिन्द्रा गाडीको मनसुन सर्भिस क्याम्प आयोजना गरिने भएको छ । महिन्द्राको पोखराको आधिकारिक सर्भिस सेन्टर युडीआर अटो इन्जिनियरिङको आयोजनामा नयाँबजारस्थित सर्भिस सेन्टरमा बुधबारदेखि शुक्रबारसम्म क्याम्प आयोजना गर्न लागि लागिएको युडिआरका डाइरेक्टर विनोज पोटेले जानकारी दिए । क्याम्पमा ३० पोइन्ट चेकअप, स्पेयर पार्टस्स, लुब्रिकेन्ट्स, लेवर तथा हेल्थ चेकअपमा १० प्रतिशत छुट दिइने पोटेले बताए । महिन्द्राले देशभरका आधिकारिक सर्भिस सेन्टरमा एकैपटक क्याम्प आयोजना गरिएको जनाएको छ । पुरा पढौ

राष्ट्र बैंकले आज १० करोडको ट्रेजरी ३ बजेभित्रमा बिक्री गर्दै

आज सोमबार नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । आज अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैकले जानकारी दिएको हो । जारी मिती असार १७ गते तोकिएको ट्रेजरीको परिपक्व हुने अवधि ९१ दिन अर्थात बिसं २०७६ असोज १४ गते रहेको छ । यही असार नौ गते पनि राष्ट्र बैंकले २८ दिने अवधिको तीन अर्ब २५ करोड, ९१ दिने अवधिको… पुरा पढौ

आईतबारको विनिमयदर यस्तो छ

आइतबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ १३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरो एकको खरिददर १२५ रुपैयाँ ३० पैसा र बिक्रीदर १२५ रुपैयाँ ९९, पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४० रुपैयाँ ४७ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४१ पैसा रहेको छ । यस्तै… पुरा पढौ

प्रदेश सरकारले भेडा मरेका कृषकलाई भेडा नै दियो

गण्डकी प्रदेश सरकारले भेडा मरेका कृषकलाई क्षतिपूर्तिका रुपमा भेडा नै उपलब्ध गराइएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ मलेयाडाँडामा रहेको घुम्ती भेडीगोठका कृषकलाई प्रदेश सरकारले २८ भेडा वितरण गरेको हो । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आकस्मिक सेवाअन्तर्गत कृषकलाई रु दुई लाख ८० हजार बराबरको सो सङ्ख्यामा भेडा सहयोग गरिएको प्रदेशसभा सदस्य धनञ्जय दवाडीले बताए । उहाँले प्रदेश सरकारको सहयोगले कृषकको मनोबल बढ्ने विश्वास ब्यक्त गरे । व्यवसायमा जोखिम… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं